बहिष्कार गर्नेहरु असुरक्षित

सुनसरी/दोस्रो संविधानसभा निर्वाचन बहिष्कार पक्षमा रहेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देन कार्यक्रमहरुमा पहिलाजस्तो देखिन छाडेका छन् । केही महिना यता औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा पहिलाजस्तो बाक्लै उपस्थित हुँदैनन् । परिषद्ले गर्ने पत्रकार सम्मेलनमासमेत उनले आफ्ना विश्वास पात्रहरुलाई मात्र पठाउने गरेका छन् । आखिर किन त ? परिषद् सम्बद्ध स्रोत भन्छ, पक्राउको डरले उनी अर्ध भुमिगत भएका छन् ।
केही हप्ताअघिसम्म उम्मेदवारको टाउको फुटाउने अभिव्यक्ति सार्वजनिक सभा समारोहमै दिने उनलाई सुरक्षा निकायले राम्रै निगरानीमा राख्न थालेपछि उनी सार्वजनिक कार्यक्रममा नदेखिएको परिषद् स्रोतले जनाएको छ । यद्यपी उनले फेसबुकमार्फत् सो कुराको खण्डन गर्दै कामको चापले गर्दा पत्रकारहरुसँग नभेटिएको बताएका छन् । तर लिंगदेन मात्र होइन, परिषद्का अधिकाँश केन्द्रीय नेता तथा लिम्बुवान भोलिन्टीयर्सका कमाण्डरहरुले मोवाईल नम्बरसमेत परिवर्तन गरेका छन् ।
यता निर्वाचनको विपक्षमा रहेका नेकपा माओवादीका स्थानिय नेताहरुले पनि प्रहरीले आफूहरुलाई निगरानीमा राखेको गुनासो गरेका छन् । इटहरीस्थित माओवादीका स्थानिय नेताका अनुसार प्रहरीले घर र पार्टी कार्यालयमा निगरानी बढाएको बताए । उनले चुनाव बहिष्कार गर्ने संगठनका नेतालाई प्रहरीले पक्राउ गर्ने नीति लिएको आरोप लगाउँदै भने, ‘आन्दोलन गर्दा असुरक्षित भएका छौं ।’ उनले भुमिगत नै हुने अवस्था नरहेपनि नेतृत्वमा रहेकाहरु पहिला जस्तो खुलेर आउने अवस्था नरहेको उनले बताए ।
यता पूर्वाञ्चलका प्रहरी प्रमुख उपेन्द्र कान्त अर्यालले निर्वाचन भाँड्ने संगठन वा व्यक्तिमाथि निगरानी बढाइएको स्वीकार गर्दै जस्तोसुकै कदम चाल्ने बताए । उनले लिम्बुवान तथा माओवादीका नेताहरु त्रस्त बनेको बारे भने आफूलाई थाहा नभएको बताए ।
लिम्बुवानमा कफ्र्यु
लिम्बुवानले शान्तिपूर्ण रुपमा चुनावी कार्यक्रम बिथोल्ने योजना अन्र्तगत पहाडी जिल्ला पाँचथरबाट उमेद्वारलाई गाउँ पस्न रोक लगाएको जनाएको छ । उसले उम्मेदवारको लागि कफ्र्यु नै लगाएको घोषणा गरेको छ । निर्वाचन बिथोल्नको लागि अरुण पूर्वका नौ जिल्लामा दश हजार लिम्बुवान भोलिन्टीयर्स खटाइएको परिषद्ले शनिबार दमकमा पत्रकार सम्मेलनका क्रममा बताएका छन् ।
कात्र्तिक ३


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>