रगत अभावले जीवनमरणको दोसाँध
Posted by
purwanews
Published on
Saturday, October 26, 2013
धरान । एक गर्भवति रगत अभावमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मर्नु न बाँच्नुको अवस्थामा पुगेकी छिन् ।
तीनदिन अघि प्रसुति व्यथाले च्यापेर प्रतिष्ठानमा भर्ना गरिएकी सिराहा रतनपुर १ की पावर्ती धमलाको लगातारको रक्तश्रावका कारण ज्यानै जोखिममा पर्दा पनि रगत नभेटिएपछि परिवार चिन्तित बनेका छन् । भएको सन्तान भने खेर गए पनि आमाको ज्यान बचाइदिन उनका आफन्तले सहयोगको याचना गरेपछि रगत अभावमा समस्या भएको हो ।
उनलाई दैनिक ४ पाउण्ड ओ पोजेटिभ ताजा रगत चाहिएपनि नपाएपछि बिरामीको अवस्था चिन्ताजनक रहेको उनको परिवारले जनाएको छ । ओ पोजेटिभ रगत भएका साथै सहयोग गर्न चाहाने व्यक्तिहरुलाई ९८४८३६८७४ र ९८०६३६७७१० नम्बरमा सम्पर्क गरिदिन समेत उनीहरुले आग्रह गरेका छन् ।
कात्तिक ९
प्रतिक्रिया दिनुहोस् >>