शुक्रबारदेखि बिराटनगरमा यू १९ क्षेत्रीय छनौट क्रिकेट
विराटनगर । शुक्रबारदेखि विराटनगरमा १९ वर्ष मुनिका खेलाडिको पुरुष क्षेत्रीय एक दिवसीय क्रिकेट छनौट प्रतियोगिता हुने भएको छ ।
क्षेत्रीय क्रिकेट विकास समिती क्षेत्र नंम्बर १ विराटनगरको आयोजना र होराईजन क्रिकेट एकेडेमीको सहयोगमा हुने प्रतियोगिता १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा इलाम, झापा, मोरङ्ग, सुनसरी, सप्तरी र उदयपुरका १९ वर्ष मुनिका युवा पुरुष खेलाडीको सहभागिता रहनेछ ।
दुई समुहमा विभाजन गरि खेलाइने ४० ओभरको खेलमा दुवै समुहका विजेताले १४ गते हुने फाइनलमा उपाधिका लागि भिडन्त गर्नेछन् ।
प्रतियोगिताको लागि मोहमम्द साद बाबुको संयोजकत्वमा रोशन वुढाथोकी, लाक्पा लामा, शिरीष उपाध्याय रहनु भएको ४ सदस्यिय छनौट समिती निर्माण गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने १४ खेलाडीहरुले आगामी कार्तिक २२ गते देखी काठमाण्डौमा हुने वाईवाई अण्डर नाइन्टिन पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्षेत्र नं. १ विराटनगरको प्रतिनिधित्व गर्नेछन् ।
उदघाटन खेल विहान ९ वजे मोरङ्ग र ईलाम जिल्ला विच शहिद मैदान हुने प्रतियोगिता संयोजक शैलेन्द्र राज नेपालले जानकारी दिएका छन् । कात्र्तिक ७
प्रतिक्रिया दिनुहोस् >>