एनआरएनए अध्यक्षमा घले निर्वाचित

काठमाडौं/एनआरएनए को अध्यक्षमा शेष घले विजयी भएका छन् । विहान भएको मत परिणाम सार्वजनिकमा घलेलाई निर्वाचित घोषणा गरिएको थियो । अध्यक्षमा निर्वाचित घलेले ५ सय १० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धि तेन्जी शेर्पाले २ सय ८० मत प्राप्त गरेका थिए ।  घले अष्टे«लियामा रहेका धनाढ्य नेपाली हुन् ।
उपाध्यक्षमा भवन भट्ट र टिवी कार्की विजय भएका छन् । भट्टले ३ सय ४८ र कार्कीले ३ सय मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा पराजित हुनेहरु भवानी प्रसाद ओली २ सय ३, नरेन्द्र कुमार भाट १ सय ९५, विश्व आदर्श पण्डित १ सय ८३, प्रल्लाद केसी १ सय २४  र पेम्वा ग्याल्वु शेर्पाले ४७ मत प्राप्त गरेका थिए । त्यसैगरी सचिवमा रन्जु थापा विजयी भएका छन् । उनलाई २ सय ७३ मत प्राप्त भएको छ भने सचिवमा पराजित हुनेहरु पुष्पराज तिमिल्सिना २ सय १०, श्याम बहादुर तामाङ १ सय ६९ र रामचन्द्र खरेलले ९७ मत प्राप्त गरेका थिए ।
कोषाध्यक्षमा डा. बद्री केसी विजयी भएका छन् । उनले ४ सय ७४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धि अरुण कुमार श्रेष्ठले २ सय ८६ मत प्राप्त गरेका थिए । क्षेत्रीय संयोजकहरुमा एसिया प्रशान्त क्षेत्रमा गंगाराज राई, युरोप क्षेत्रीय संयोजकमा अर्जुन कुमार श्रेष्ठ र युवा संयोजकमा डा। राजेन्द्र प्रसाद पराजुली विजयी भएका छन् । यसैबीच नवनिर्वाचित अध्यक्ष घलेलाई अध्यक्षमा पराजित शेर्पाले सबैभन्दा पहिले शुभकामना दिएका थिए । उनले सफल कार्यकालको पनि शुभकामना व्यक्त गरेका थिए ।
निर्वाचित अध्यक्ष घलेले आफ्नो विजयी भनेको सवैको भएको भन्दै एनआरएनए अभियानलाई अघि बढाउन सवैको सहयोग चाहिने बताए । उनले एनआरएनएको भवन निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । निवर्तमान अध्यक्ष जीवा लामिछानेले प्रजातान्त्रिक अभ्यासमार्फत आएको भन्दै सबैलाई बधाई दिएका थिए । एनआरएनए अध्यक्षका लागि निर्वाचन भएको यो पहिलोपटक हो ।

को हुन् शेष घले ?
पश्चिम नेपालको लमजुङमा जन्मिएका र त्यहीँ बाल्यकाल बिताएका शेष घले, ५७, अहिले अस्ट्रेलियाका दुई सय धनाढ्यमध्येका एक हुन् । त्यहाँको बिजनेस रिभ्यु विक्ली पत्रिकाद्वारा यस वर्ष सूचीकृत अर्बपतिहरूमध्ये उनी १ सय ८०औँ नम्बरमा छन् । 
लमजुङबाटै एसएलसी गरेका घलेले युक्रेनको खार्कोभबाट सडक इन्जिनियरिङ्मा स्नातकोत्तर गरेर फर्केपछि सडक विभागमा जागिर पनि खाए । एमबीए पढ्न अस्ट्रेलिया गएका उनी त्यसयता उतैका स्थायी बासिन्दा भएका छन् । 
मेलबोर्नको मेलबोर्न इन्स्टिच्युट अफ टेक्नोलोजी र त्यहाँको रियल स्टेट व्यापारमा स्थापित घले अहिले नेपाल अन्तर्राष्ट्रिय होटल चेन सेराटनसँग आबद्ध भएर राजधानीमा पाँचतारे होटल निर्माण थाल्ने प्रक्रियामा छन्, जसमा उनी आठ अर्ब रुपियाँभन्दा बढी लगानी गर्दै छन् ।
४ कात्तिक
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>