सुनसरी क्षेत्र नं. १ मा चुनावी रन्को

धरान/सुनसरी क्षेत्र नं. १ मा चुनावको रन्को लागेको छ । सबै दलका उम्मेदवार र कार्यकर्ताहरु मतदाताहरुलाई आफ्नो पक्षमा पार्न भोट माग्न घरदैलो अभियानमा व्यस्त भएका छन् ।
संघिय समाजवादी पार्टीले सुनसरी क्षेत्र नं. १ का उम्मेदवार ध्यानबहादुर राईलाई जिताउन तुलाराम राईको अध्यक्षतामा १०३ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बाझगरामा मात्र समाजवादीले २५ वटा निर्वाचन टोल कमिटि गठन गरेको छ ।
यता नेपाली कांग्रेसले पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । क्षेत्र नं. १ का प्रत्यक्ष तर्फका उम्मेदवार चन्द्रप्रसाद श्रेष्ठलाई जिताउन डिल्लिसेर राईको संयोजकत्वमा १७ सदस्यीय टोल निर्वाचन परिचालन कमिटि गठन गरेको छ । यता नेकपा एमालेले पनि आफ्ना उम्मेदवार कृष्णकुमार राईलाई जिताउन भोट मागेको थियो ।
यता राष्ट्रिय जनमुक्ती पार्टीले कातिक १ गते देखि नै चन्द्र खापुङलाई जिताउन प्रचारात्मक अभियानलाई तिव्र बनाएको छ भने एनेकपा माओवादीले मुक्साम लिम्बुलाई विजयी गराउन पाँचकन्या गाविसको पानबारीमा घरदैलो अभियान सुरु गरेको छ ।



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>