टेलिफोन नम्बर १० अंकको हुने
Posted by
purwanews
Published on
Monday, October 28, 2013
काठमाडौं/नेपाल दुरसञ्चार प्राधिकरणले टेलिफोन सेवा सञ्चालन गर्नका लागि प्रयोग हुने नम्बरहरुलाई प्रभावकारी एवं व्यवस्थित बनाउन नयाँ नम्बरिङ गर्ने भएको छ ।
नयाँ नम्बरिङ भएपछि तारमा आधारित टेलिफोन, लिमिटेड मोबिलिटी सेवा, ग्रामिण दूरसञ्चार सेवा र फिक्स्ड वायरलेस सेवासँग सम्बन्धित टेलिफोन नम्बर सुरुको अंक २ हुने गरी कुल १० अंकको हुनेछ ।
प्राधिकरणले जिएसएम मोबाइलको पनि नयाँ नम्बरिङ गर्ने आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी प्राधिकरणका कैलाशप्रसाद न्यौपानेले जानकारी गराए । विद्यमान नम्बरिङ योजना बमोजिम मोबाइल टेलिफोन सेवाको पहिलो अंक ९८ तथा एक अंकको टेलिकम्युनिकेशन अपरेटर कोड सहित कुल १० अंकको नम्बरिङ रहेकोमा प्रस्तावित नयाँ राष्ट्रिय नम्बरिङ योजनामा सो प्रयोजनका लागि सुरु अंक ९ र २ अंकको अपरेटर कोडसहित कुल १० अंकको नम्बरिङ हुनेछ ।
प्रतिक्रिया दिनुहोस् >>