नेमकिपाको घोषणापत्र सार्वजनिक
Posted by
purwanews
Published on
Tuesday, October 29, 2013
काठमाडौं /
नेपाल मजदुर किसान पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति रहने शासकीय स्वरुपसहितको घोषणापत्र ल्याएको छ । नेमकिपाले राष्ट्रपति राष्ट्र प्रमुख, सरकार प्रमुख र सेनाध्यक्ष हुने प्रस्ताव गरेको छ ।
राष्ट्रपतिले आफ्नो सुविधाको निम्ति आफैंप्रति उत्तरदायी बुद्धिजीवीहरु सम्मिलित सानो आकारको मन्त्रिपरिषद बनाउने जसमा सांसदहरु मन्त्री हुन नपाउने प्रणाली पनि घोषणापत्रमा उल्लेख छ ।
त्यसैगरी हाल कायम रहेका १४ अञ्चललाई नै संघीय राज्य बनाउनु पर्ने प्रस्ताव पनि नेमकिपाले गरेको छ ।
आत्मनिर्णयको अधिकारले देशमा जातीय, भाषिक र साम्प्रदायिक भिडन्त निम्त्याउने भन्दै नेमकिपाले त्यसबाट देशै विभाजित हुने खतरा पनि औंल्याएको छ ।

प्रतिक्रिया दिनुहोस् >>