लोकतान्त्रिकलाई स्पष्टिकरण

विराटनगर । मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं मोरंग क्षेत्र नं. ७  सुनसरी क्षेत्र नं. ३ का उम्मेदवार विजयकुमार गच्छदारले आचारसंहिता उल्लंघन गरेको विषयमा निर्वाचन आयोगले स्पष्टिकरण मागेको छ । आचारसंहिता उल्लंघन गर्दै भड्किलो चुनावी प्रचार र र्याली निकालेको भन्दै निर्वाचन आयोगले सो पार्टीसँग लिखित स्पष्टिकरण मागेको हो ।
काठमाडौंबाट विहीबार विराटनगर उत्रिएका गच्छदारले सयौं गाडी र मोटरसाइकल प्रयोग गरी र्याली निकालेका थिए । सुनसरीको कार्यक्रममा सहभागि हुन हिडेका गच्छदार पार्टीको झण्डा र चुनाव चिन्ह अंकित सयौं सवारीसाधनको र्यालीसहित विराटनगर घुमेर त्यसतर्फ लागेका थिए । उनको प्रचार र्यालीको कारण विराटनगर धरान सडक खण्डको नियमित आवागमन केही घण्डा प्रभावित भएको थियो । स्रोतका अनुसार उनले सो र्यालीका लागि झण्डै १० लाख खर्च गरेको बताइएको छ ।
९ कात्र्तिक, उद्घोष



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>