यूरोपको आँधीमा १३ को मृत्यु , जनजिबन अस्तब्यस्त

 उत्तरपश्चिम यूरोपमा आएको आँधीमा परी १३ जनाको मृत्यु भएको छ । मृत्यु हुने ६ जना जर्मनीका हुन् भने चार जना दक्षिणी ब्रिटेनका हुन् । रुखले कारलाई किच्दा जर्मनीमा दुई जनाको मृत्यु भएको थियो । पश्चिमी फ्रान्समा एक महिला समुन्द्रमा बगेको खबर छ । नेदरल्याण्डस्को एम्स्टर्डममा भने अर्की एक महिलाको रुखले किचेर मृत्यु भएको हो । 

आँधीकै कारुण लण्डन र उत्तरी जर्मनी चल्ने कतिपय रेलसेवा बन्द गरिएको छ । यूरोपकै सबैभन्दा व्यस्त मानिने हिथ्रो विमानस्थलले १ सय ३० उडान बन्द गरिदिएको छ । नेदरल्याण्डस्ले कम्तिमा ५० उडान रद्द गरेको छ भने जर्मनीमा पनि थुप्रै उडान रद्द गरिएको खबर छ । 

ब्रिटेनमा कम्तिमा ६ लाख घरको बिजुली काटिएको छ । फ्रान्समा भने विद्युत सेवाबाट ४२ हजार घर प्रभावित भएका छन् । डेनमार्क, स्वीडेनलगायत देशले आपतकालिन सूचना प्रशारित गरेका छन् भने स्कैडीनेवियाई देशमा एक सय माइल प्रतिघण्टाका दरले हावा हुईकिईरहेको खबर छ । 

पानी जहाजको आवतजावतमा पनि रोक लगाइएको छ भने बन्दरगाहहरु बन्द गरिएका छन् । ब्रिटेनमा रुख ढलेर थुप्रै सवारी साधनहरु किचिएका छन् ।
(बि बि सि )

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>