माओवादीलाई जनताले प्रतिकार गर्छ : पुनः

धरान । नेकपा माओवादीको चुनाव विरोधी गतिविधिलाई जनताले प्रतिकार गर्ने एमाओवादी नेता वर्षमान पुनःले दावी गरेका छन् ।
नेकपा माओवादीको गतिविधि अराजनैतिक र हिंसात्मक बन्दै गएको भन्दै पुर्वअर्थमन्त्री पुनःले भने, ‘यही रवैया अपनाउँदै गए जनताले प्रतिकार गर्नेछ ।’ नेकपा माओवादी अझै चुनावमा आउने वातावरण रहेको बताउँदै उनले संविधानसभाको मनोनित सिटबाट पनि माओवादीलाई समेट्न सकिने बताए ।
संविधान सभा चुनावका लागि मोरङ ९ का उम्मेदवार पुनःले घरदैलो कार्यक्रमका अवसरमा बोल्दै आफू सो क्षेत्रमा नजन्मेपनि जनयुद्धकै समयदेखि यसक्षेत्रका बारे परिचित रहेको बताए ।
चुनाव प्रचार प्रसार अन्तर्गत घरदैलोका क्रममा उम्मेदवार पुनः उर्लाबारी गाविसका मतदाताका घरआँगन पुगेका थिए । बाजागाजा, पर्चा, पोष्टर, झण्डा, माइकिङ सहितका पार्टी कार्यकर्ता र समर्थकका साथ पुनःले गाविसका प्रत्येक वडामा पुगी मतदाताहरुसँग भोट मागेका थिए ।
कात्तिक ९



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>