मतदाता सामाग्री जलाउने तीन पक्राउ

इलाम । मतदाता प्रशिक्षण सामग्री जलाउने नेकपा–माओवादीका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरेको छ ।
इलामको महमाइमा लगिएको निर्वाचनसम्बन्धी पोस्टर, पम्प्लेट जलाउने चुलाचुली–१ का तुला भनिने सुकबहादुर राई, चुलाचुली–८ का न्युनसन राई र महमाइ –८ का दीपक विश्वकर्मा (सेञ्चुरी) माथि प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेको हो ।
बिहीबार महमाइमा लैजाँदै गरिएको प्रशिक्षण सामग्री उनीहरूले खोसेर जलाएका थिए । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर सार्वजनिक अपराधसम्बन्धी मुद्दा दर्ता गरी म्याद थपसमेत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चुनावी सभा बिथोल्न खोज्ने एकतप्पाका दुई जना मञ्च संबद्ध सङ्घीय लिम्बूवान राज्य परिषद्का कार्यकर्तालाई समेत प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरिसकेको छ ।
कात्तिक ९


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>