दुई दिन नबित्दै अर्का उम्मेदवारमाथि आक्रमण
Posted by
purwanews
Published on
Saturday, October 19, 2013
सिरहा । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का उम्मेदवार शत्रुघ्न सिंहमाथि आक्रमण भएको दुई दिन नबित्दै अर्का उम्मेदवारमाथि आक्रमण भएको छ ।अनिल झा नेतृत्वको सङ्घीय सद्भावना पार्टीका उम्मेदवार आशा पालमाथि शुक्रबार राति ८ बजे आक्रमण भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ । चुनावी कार्यक्रम सकेर लहान फर्किने क्रममा पूर्वपश्चिम राजमार्गअन्तर्गत मेदनीपुरस्थित पुल नजिकै आक्रमणमा परेकि थिइन ।
प्रहरीका अनुसार दुई मोटरसाइकलमा तीन तीन जना सवार युवाले पालमाथि आक्रमण गर्दा लगाएको कपडासमेत च्यातिदिएका छन् । आक्रमण भएपछि उम्मेदवार पालले इलाका प्रहरी कार्यालय सुखीपुरका प्रहरी निरीक्षकलाई फोन गरेर सुरक्षा को लागि आग्रह गरेकी थिइन । सुखीपुरका प्रहरी निरीक्षकले इलाका प्रहरी कार्यालय धनगढीलाई जानकारी गराएका प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
पुन: आक्रमण नहोस् भनेर प्रहरीको टोलीले उम्मेदवार पाल र उहााका श्रीमान्लाई आफ्नै गाडीमा लहान पुर्याएको थियो । पार्टी सानो भए पनि क्षेत्र नं ४ मा आफ्नो स्थिति मजबुत रहेकाले अन्य पार्टीका उम्मेदवारले नै आक्रमण गर्न लगाएको उम्मेदवार पालले आशङ्का छ । उनी भन्छिन , “अर्थ अभावले साइकलमा प्रचारप्रसार गर्दै आएको थिएा तर आक्रमणमै परेपछि अब पार्टीलाई गाडीको व्यवस्था गर्न आग्रह गर्छु ।”
साना दलका उम्मेदवार भनेर स्थानीय प्रशासनले पनि सुरक्षा दिन विभेद गरेको उम्मेदवार पालको आरोप छ । इलाका प्रहरी कार्यालय धनगढीले उम्मेदवार पालमाथि कसले आक्रमण गरेको हो भन्ने विषयमा केही खुल्न नसकेको र अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् >>