पुर्वमा दुर्घटना : दुई दिनमा ११ को मृत्यु

सुनसरी । उदयपुर र ताप्लेजुङमा भएका दुर्घटनामा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ भने डेढदर्जन बढी घाइते भएका छन् ।
उदयपुरको पश्चिमी क्षेत्र सिरीसेमा आइतबार राती भएको यात्रुबाहक जीप दुर्घटनामा एक महिलासहित पाँच यात्रुको मृत्यु भएको छ । मृतकमध्ये हालसम्म दुईजाको मात्र सनाखत भएको छ। मृत्यु हुनेहरमा खोटाङ विजयखर्क २ का ७२ वर्षीय नारायणप्रसाद पोखरेल तथा खोटाङकै बाक्लीला ४ का बालकुमार खत्रीको सनाखत भएको छ ।
कटारीदेखि घुर्मीतर्फ जाँदै गरेको ना १ ज १७६ नम्बरको टाटा सुमो जीप लेखानी ९ को पट्ना भन्ज्याङस्थित जंगलबीचमा दुर्घटना हुँदा घाइते १२ मध्ये १० जनालाई न्युरो अस्पताल विराटनगर र बाँकी दुईको कटारीमा उपचार गरिएको इलाका प्रहरी कार्यालय कटारीका नायव उपरीक्षक किसनसिंह थापाले बताए ।
यस्तै सोमबार दिउँसो पाँचथरको फिदिमबाट ताप्लेजुङतर्फ जाँदै गरेको  भ्यान ताप्लेजुङको दोखुमा दुर्घटना हुँदा मर्नेको संख्या ६ पुगेको छ। तीमध्ये आठ जनाको अवस्था गम्भीर छ। गाडी दुर्घटनामा गाडी धनी खगेन्द्र श्रेष्ठ र गाडी चालकसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मे १ ज १४३७ नं को पिकअप भ्यान धुसेनी भीरमा पल्टिएको थियो। प्रहरी नायब उपरीक्षक गोविन्दप्रसाद आचार्यले घाइते सबैलाई जिल्ला अस्पताल ल्याइएको बताए ।
कात्र्तिक ११
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>