किराँत वर्कसले एमालेलाई सघाउने
Posted by
purwanews
Published on
Tuesday, October 29, 2013
झापा / पूर्वी पहाडमा संघर्षरत किराँत जनवादी वर्कस पार्टीले संविधानसभाको निर्वाचनमा नेकपा एमालेलाई सघाउने भएको छ । मंगलवार झापाको बुधबारेमा पत्रकार सम्मेलन गरी किराँत जनवादी वर्कसले आफूहरु शान्तिपूर्ण प्रक्रियामा रहेको भन्दै निर्वाचनमा एमालेलाई सघाउने बताएको हो । पत्रकार सम्मेलनमा किराँत जनवादी वर्कस पार्टीका प्रवक्ता काइला खम्वुले एमालेको नेतृत्वमा मात्रै संक्रमणकालीन राजनीतिको व्यवस्थापन हुनसक्ने भन्दै सघाउने निर्णय भएको जानकारी दिए ।
उनले पार्टीका सबै निकायलाई एमालेलाई सहयोग गर्न परिपत्र गरिसकेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस् >>