विद्यालयमा वर्कर्सको चन्दा आतङ्क
Posted by
purwanews
Published on
Sunday, October 20, 2013
खोटाङ / पूर्वी पहाडी जिल्लाहरुमा भूमिगत रुपमा सक्रिय किरात जनवादी वर्कर्स पार्टीले खोटाङको दक्षिणी क्षेत्रका विद्यालयहरुमा चन्दा आतङ्क मचाउन थालेको छ ।
किरात स्वायक्त राज्यको माग गर्दे भूमिगतरुपमा सशस्त्र सङ्घष गर्दै आएको वर्कर्सले जिल्लाको बोपुङ, डम्बर्खुशिवालय, काहुले, देविस्थान, चिसापानी, मौवाबोटे, पौवासेरा, दिप्लुङ लगायतका विद्यालयहरुमा शिक्षकहरुबाट चन्दा उठाउनको लागि रसिद थमाउँदै उर्दी गरेको छ । पीडित शिक्षकहरुका अनुसार वर्कर्सका कार्यकर्ता बताउने परिवर्तन किराँतीले प्रतिशिक्षक ६ हजार देखि २० हजार सम्मको दरले चन्दा दिन विद्यालयमा पत्राचार गरेका छन् । ब्लाष्ट
प्रतिक्रिया दिनुहोस् >>