असोजमा आठ सय ३२ पक्राउ
Posted by
purwanews
Published on
Sunday, October 20, 2013
मोरङ / प्रहरीले विशेष अभियान अन्र्तगत असोजमा मात्रै विभिन्न अपराधको अनुसन्धनको लागि ८३२ जनालाई पक्राउ गरेको छ । १२६ जनालाई मुद्धा चलाइएको र बाँकीलाई सोधपुछ पछि छाडिएको प्रहरीले जनाएको छ ।
अपराध नियन्त्रणको लागि विशेष अभियान थालेको मोरङ प्रहरीले आफ्नो सक्रियताले गुण्डागर्दी, तस्करी, जुवातास, लागुऔषध नियन्त्रणमा आएको दावी गरेको छ । मोरङ प्रहरीले शनिवार गरेको पत्रकार सम्मेलनमा असोजमा गरिएको कारवाहीको बारेमा जानकारी गराइएको छ । अपराध नियन्त्रणमा प्रहरीको विशेष टिमलाई अभियानमा खटाइएको एसपी विश्वराज पोखरेलले बताए । पुर्वेली
प्रतिक्रिया दिनुहोस् >>