बन्द प्रभावहीन : शीर्ष नेताहरु पूर्वमा
Posted by
purwanews
Published on
Thursday, October 24, 2013
धरान । प्रचण्डको आगमनमा अवरोध गर्न नेकपा माओवादीले आह्वान गरेको कोशी राजमार्ग बन्दको आंशिक मात्र प्रभाव देखिएको छ ।
धनकुटा खण्डमा ठाउँ ठाउँमा रुख ढालेर अवरोध गरेपनि इटहरी, धरानलगायतका क्षेत्रमा भने आंशिक मात्र प्रभाव देखिएको हो । यातायातका साधनहरु निर्वाध चलेका छन् । सुनसरीको धरानमा हुने चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड पुर्व आएका हुन् ।
यता फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले समेत सुनसरीको दुहबीमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस् >>