आइसीयुमा राखिएका डाक्टर वाग्लेको निधन

एपेन्डिक्सको क्यान्सरबाट पीडित डा. चित्रप्रसाद वाग्लेको धापासीस्थित ग्रान्डी अस्पतालमा निधन भएको छ। अस्पतालमा वाग्लेकी छोरी र परिवारका सदस्यहरुसमेत उपस्थित छन।
केही दिनदेखि उनी आइसीयुमा उपचाररत थिए। गत आइतबार नियमित परीक्षणमा गएका उनलाई आइसियुमा राखेर उपचार सुरु गरिएको थियो। अर्धाखाँचीमा १२ वर्ष चिकित्सका रुपमा कार्यरत उनको उपचारका लागि देश र विदेशबाट लाखौ रकम उठाइएको थियो।
अर्घाखाँचीमा लामो समय स्वास्थ्य सेवामा बिताएका वाग्ले त्यहाँका जनता माझ अत्यन्तै लोकप्रिय थिए । उनको उपचारका लागि देश विदेशबाट नेपालीहरुले सहयोग गरेका थिए ।
क्यान्सर शरीरको विभिन्न भागमा फैलिसकेका कारण उनको अवस्था गम्भीर बन्दै गएको थियो । उनले केही समय अगाडि नयाँ दिल्लीमा पनि उपचार गराएका थिए ।
nagarik, ७ कार्तिक


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>