नयाँ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रस्ताव असफल

नेपालले आफ्ना नयाँ पाँच वटा ८ हजार मिटरभन्दा अग्ला हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन गरेको प्रस्ताव तत्कालका लागि असफल भएको छ । यस्ता हिमालमा दुई वटा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगा हिमश्रृंखलामा रहेको नेपाल–भारत सीमामा रहेका छन् भने एक नेपाली भू–भागमा छ । 

बाँकी दुई ल्होत्से हिमश्रृंखलामा नेपाल–चीन सीमामा रहेका हिमाल हुन् ।  बीबीसीका अनुसार भारत र पाकिस्तानले यसबारे निर्णय नदिँदा यो योजना अगाडि बढ्न नसकेको हो । चीनले भने यस मुद्दामा पहिले नै समर्थन गरिसकेको नेपालको दावी छ । 

अब यस सम्बन्धी अन्तिम निर्णय अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको बार्षिक बैठकमा हुनेछ । नेपालले आफ्ना नयाँ हिमश्रंखलालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सके पर्वतारोहणको क्षेत्रमा थप मद्दत पुग्ने र यसबाट पर्यटक आवागन बढ्ने अपेक्षा गरिएको छ 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>