भाषा परीक्षाको नतिजा आज

दक्षिण कोरिया जानका लागि लिइएको भाषा परीक्षाको नतिजा आज  सार्वजनिक हुने भएको
छ ।
दिउँसो सम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी भएको इपिएस कोरिया शाखाले जनाएको छ । परीक्षाफाल इपिएस कोरिया शाखाको वेबसाइट www.epsnepal.gov.np, वैदेशिक रोजगार विभागको वेवसाइट www.dofe.gov.np र इपिएस कोरिया शाखाको कार्यालय ग्वार्कोको सूचना पाटीमा हेर्न सकिनेछ ।
कोरिया जानेहरुका लागि गएको असोज २० र २१ गते परीक्षा भएको थियो ।  परीक्षामा ४३ हजार ७ सय २ जना सहभागी भएका इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलले बताउए । उनका अनुसार परीक्षामा उच्च अंक ल्याउने परीक्षार्थीलाई प्राथमिकतामा राखिने छ ।
उच्च अंक ल्याएकाहरुलाई फेरि क्षमता परीक्षण गर्ने र त्यसमा पनि धेरै अंक ल्याउनेलाई प्राथमिकताका साथ कोरियाको रोजगारदाता कम्पनीमा सिफारिस गरिनेछ । उच्च अंक ल्याएकाको क्षमता परीक्षणको मिति पनि सोमबार नै सार्वजनिक गरिने  बताए  ।
परीक्षामा झण्डै ८ हजार जना उत्तीर्ण हुने अनुमान गरिएको छ । भाषा परीक्षामा उत्तीर्ण हुँदैमा कोरिया जाने ग्यारेन्टी नहुने भएकाले ढुक्क  भै नहाल्न पनि  इपिएस कोरिया शाखा कार्यालयले आग्रह गरेको छ ।
स्वास्थ्य परीक्षण लगायत सबैमा पास भएर रोस्टरमा पुगेपछि कोरियाली कम्पनीले छनोट गरेर 'लेबर कन्ट्रयाक' नपठाएसम्म आफुले गर्दै आएको काम नछोड्न पनि कार्यालयको आग्रह छ ।  


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>