प्वाल परेको जालीबाट गोल भएपछि ...

बायर लेभरकुसेनले बुन्डेसलिगामा गरेको विवादस्पद गोलको विषयमा अक्टोबरको अन्त अगाडी निर्णय हुने सम्भावना नरहेको जर्मन फुटबल लिग (डिएफएल) का अधिकारीले बताएका छन्।
तेस्रो स्थानमा रहेको लेभरकुसेनले शुक्रबार होफेनहेमलाई २–१ ले पराजित गरेको थियो। तर ७०औं मिनेटमा स्टेफान केइसलिङले हेडमा गरेको गोल प्वाल परेको जालीबाट पोष्टमा पसेको टेलिभिजन रिप्लेमा देखिएको थियो। केइसलिङको गोलमा लेभरकुसेनले २–१ को अग्रता लिएको थियो। घरेलु टोली होफेनहेमले सोही विवादस्पद गोलका कारण यो खेल पुनः खेलाउन माग गरेको छ।
जर्मन फुटबल महासंघले यस गोलको विषय र रेफ्री फेलिक्स बिर्चको रिपोर्टका बारेमा सोमबार सोमबार छलफल गर्दैछ। सोमबार हुने आशा गरिएको सुनुवाईपछि पुनः खेल हुने वा यही नतिजालाई यथावत राख्ने विषयमा टुंगो लाग्ने छ। डिएफएलका प्रवन्ध निर्देशक आन्द्रेज रेटिङले बिहीबार र शुक्रबार हुने डिएफबीको निर्वाचनका कारण सुनुवाई अक्टोबरको अन्तसम्म सर्न सक्ने बताइएको छ। डिएफबीले यसअघि नै विश्व फुटबलको सर्वोच्च संस्था फिफासँग असमान्य अवस्थाको कानुनी आधारका बारेमा सोधखोज गरिसकेको छ। 'यस्तो गोल कुनै हालतमा पनि न्याय संगत होइन, जुन हामीले बुझेका छौं,' डिएफबीका उपाध्यक्ष राइनर कोचले भने।
कानुनी र वैधानिक विषयका जिम्मेवार व्यक्ति कोचले भने, 'यो परिस्थिति अनुसारको प्रतिक्रिया हो, तर फिफाले पहिला देखि नै निर्णायकहरुको बचाउ गर्दै आएको हामीलाई थाहा नै छ।' यस्तो असमान्य स्थितिमा जर्मन फुटबलमा पुनः खेल खेलाइएको पनि इतिहाँस छ। बार्यन म्युनिखका थोमास हेल्मेरले १९९४ को अप्रिलमा गरेको प्रहार पोष्ट भित्र गएको थिएन्, तर त्यसलाई गोलको मान्यता दिएपछि बायर्नले नुरेमबर्गविरुद्धको खेल २–१ ले जितेको थियो। नुरेमबर्गले डिएफबीमा गुनासो गरेपछि पुन खेलाइएको खेल बायर्नले ५–० ले जित्दै उपाधि जितेको थियो।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>