जंगली हात्ती आतंक
इनरुवा । सुनसरीको कोसी प्रभावीत क्षेत्रका स्थानियहरु जंगली हात्तिको आतंकले त्रसित बनेका छन् ।
केहिदिन यता सुनसरी र सप्तरीमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आधा दर्जन बढिको संख्यामा एकै पटक हात्तिको समूह गाउँ पसेपछि स्थानियहरु त्रसित बनेका हुन् ।
सुनसरीको श्रीपुर गाविसमा हात्ती आतंकले आक्रान्त बनेका स्थानीयहरु हाति धपाउन जाग्राम बस्ने गरेको स्थानीय चन्दन यादवले बताए ।
हात्तिको समुह एकै पटक गाउँ पसेपछि श्रीपुर गाविस ४ का सुधिर मेहता, रामसागर बुधनगरिया, रामदेव यादव र रामचन्द्र मेहता लगायतका पाँच जनाको घरमा हात्तिले क्षति पुर्याएको छ ।
एकै साथ ७ वटाको संख्यामा आएका हात्ति गाउँ पस्दा स्थानियहरुलाई हात्ति धपाउन समस्या भएको स्थानिय मन्टुन यादवले बताए । गएको एक साता यता सप्तरीतर्फ रहेको हात्ती आतंक, गएरातिदेखि सुनसरीतर्फ केन्द्रित भएको स्थानियहरुले बताएका छन् ।
कोशि टप्पु वन्यजन्तु आरक्षबाट निस्केका जगंली हात्तिको आतंकका कारण अहिलेसम्म सो क्षेत्रमा लाखौंको क्षति भएको वताइएको छ ।
कात्तिक ९
प्रतिक्रिया दिनुहोस् >>