चुनावले बढायो राजस्व
राजविराज/चुवावमा भारतीय गाडीको प्रयोग बढ्दै जाँदा भन्सार असुलीमा समेत उल्लेख्य वृद्धि भएको छ । चुनाव अघि कर नतिरी चलाउनेले पनि अचेल राजश्व तिरेर भन्सार कटाउन थालेपछि भन्सार असुली बृद्धि भएको सप्तरीस्थित मुख्य भन्सार नाका तिलाठीस्थित राजविराज भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार महिना दिनयता सवारी साधनबाट मात्रै तीन लाख रुपैंया भन्दा बढी राजश्व उठेको  हो । असोज १६ देखी हालसम्ममा राजविराज भन्सार कार्यालयले भारतीय गाडीहरुबाट भन्सारवापत तीन लाख ३५ हजार आठ सय ३९ रुपैयाँ राजश्व संकलन गरेको भन्सार प्रमुख धु्रवराज विश्वकर्माले बताए । यस अवधिमा भारतीय नम्बर भएका दुईसय सात बलेरो, स्कारपियो, महिन्द्रा जिप, सुमोसहितका चारपाग्रें हलुका सवारी साधनले भन्सार दस्तुर तिरेर नेपाल प्रवेश गरेका कार्यालयका तथ्याङ्कमा उल्लेख छ ।
चुनावअघि भारतीय गाडीवापत महिनको सरदर ५० हजार रुपैयाँ राजश्व संकलनमा समेत धौ– धौ  पर्ने गरेकामा निर्वाचनका कारण झन्डै साढे तीनलाख रुपैयाँको हाराहारीमा राजश्व संकलन गरेको भन्सार प्रमुख विश्वकर्माको भनाई छ ।
पूर्वेली


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>