सिराहबाट टाढा नहुने प्रचन्डको दाबी


सिरहा / एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सिरहाको जम्दहमा आज घरदैलो अभियानका क्रममा दाहालले मधेस र मधेसीको विकास नभएसम्म सिराहबाट आफू टाढा नहुने दाबी गरेका छन । 

मधेसबाट चुनाव जितेर मधेसकै विकासका लागि लाग्ने भन्दै दाहालले मधेसी र पहाडीबीचको दूरी कम गर्न आफू सिरहा आएको बताए । गत चुनावमा माओवादी जनयुद्धको जन्मभूमि रोल्पा र काठमाडौंबाट चुनाव जितेका दाहालले यस पटक भने सिरहा ५ काठमाडौं १० बाट उम्मेदवारी दिएका छन् । 

यसैबीच, दाहालको घरदैलो अभियान बिथोल्ने उद्देश्यले जम्दह गाउँ विकास समिति वडा नम्बर–२ स्थित जम्दह माध्यामिक विद्यालयको परिसरमा र एमाओवादीको जिल्ला पार्टी कार्यालयमा राखिएका दुई वटा बम नेपाली सेनाले डिस्पोज गरेको थियो । मधेस राष्ट्रिय जनतान्त्रिक पार्टीले आफूले ती बम राखेको दाबी गरेको छ । 


 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>