दैनिक ३१ करोडको पेट्रोलियम खपत

काठमाडौं / नेपालमा दैनिक ३१ करोड रुपैयाँ पेट्रोलियम पदार्थमा खपत हुने गरेको छ।  नेपाल राष्ट्रबैंकका अनुसार नेपालीले एक दिनमा ३१ करोड रुपैयाँ पेट्रोलियम पदार्थमा खर्च गरिरहेका छन्। सवारीसाधनको बढ्दो प्रयोग र लोडसेडिङका कारण पेट्रोलियमको खपत बढेको हो।

सवारीसाधन तथा उद्योगधन्दाका लागि उपयोग हुने पेट्रोलियम पदार्थको बढ्दो आयात नेपालको व्यापार असन्तुलनको प्रमुख कारक बन्दै गएको छ। तथ्यांकअनुसार कुल आयातका लागि खर्च भएको रकममध्ये १७ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको छ। राष्ट्रबैंकको तथ्यांकअनुसार नेपालमा आयात हुने अन्य वस्तुका तुलनामा पेट्रोलियम पदार्थको हिस्सा हरेक दिन बढ्दै गएको देखिन्छ। नेपालले हरेक दिन २५ करोड रुपैयाँको वस्तु निर्यात गर्ने गरेको छ। दैनिक निर्यात रकमको तुलनामा नेपालले आयात गर्ने पेट्रोलियम पदार्थका लागि मात्रै ६ करोड रुपैयाँ अपुग देखिन्छ।
लोडसेडिङकम हुने साउन र भदौ महिनामा पनि पेट्रोलियम पदार्थको आयात अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले बढेको तथ्यांकले देखाएको। नदीमा पानीको बहाव बढी हुने भएकोले अरू महिनाको तुलनामा पेट्रोलियम पदार्थको माग साउन र भदौमा कम हुन्छ। राष्ट्रबैंकको तथ्यांकअनुसार नेपालले चालू आर्थिक वर्षको भदौ महिनासम्ममा १८ अर्ब ६७ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०६९/७० को भदौ महिनासम्ममा १५ अर्ब २८ करोड रुपैयाँ पेट्रोलियम पदार्थ आयातमा बिदेसिएको थियो। आर्थिक वर्ष २०६८/६९ को भदौ महिनासम्ममा पेट्रोलियम पदार्थ आयातका लागि १२ अर्ब रुपैयाँ १७ करोड रुपैयाँ खर्च भएको थियो। भदौसम्मको पेट्रोलियम आयातको तथ्यांकले यो वर्ष एक खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी पेट्रोलियम पदार्थ आयातका लागि बिदेसिन सक्ने सम्भावना देखाएको छ।
साउन र भदौमा डलरको मूल्यमा भएको वृद्धिका कारण पनि पेट्रोलियम पदार्थ आयातका लागि बढी खर्च भएको हो। बढ्दो लोडसेडिङका कारण आगामी दिनमा पेट्रोलियम पदार्थ आयातले नेपालको व्यापार प्रणालीमा ठूलो समस्या आउने देखिन्छ। गत वर्ष पेट्रोलियम पदार्थको आयातका लागि मात्र एक खर्ब सात करोड रुपैयाँ बिदेसिएको थियो।
(अन्नपूर्ण
)

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>