मुसलमानले मनाए दशैं, लगाए टिका

धरान/विजया दशमीलाई हिन्दूहरुको पर्वमा सिमित गर्ने परिपाटीलाई चुनौति दिँदै मुस्लिम समुदायका नागरिक र अगुवाहरुले पनि दशैं मनाएका छन् । उनीहरुले कानमा जमरा र निधार भरि टिका लगाएर आपसी सद्भाव बाँडेका छन् ।
मुस्लिम इत्तेहाद संगठन र नेकपा एमाले धरान कमिटिको संयुक्त आयोजनामा मुस्लिम समुदायले समेत दशैको टिका र जमरा लगाएर दशैं मनाएको हो । मुस्लिम इत्तेहाद संगठन धरानका संस्थापक एवम् उपाध्यक्ष फिरोज अलिले दशै परापूर्व कालदेखि मानिदै आएका कारण दशैं हिन्दुको मात्र नभइ सम्पूर्ण नेपालीको पर्व भएको बताएका छन् ।
“अहिले धार्मिक सहिष्णुता विखण्डन हुने अवस्था देखिएको छ,” मुस्लिम इत्तेहाद संगठन धरानका उपाध्यक्ष फिरोज अलिले भने, “नेपालमा मनाउने सबै चाडपर्व हाम्रा साझा सम्पत्ति भएकाले दशै र इदुजोहासँगै मनाएका हौँ ।” उनले जाति र धर्मको होडमा लागेर नेपाली साँस्कृतिक पर्वहरुलाई बाइपास गर्ने परिपाटी विकास भएको जनाउँदै संस्कृतिको संरक्षण गर्नुपर्ने बताए ।
चाडपर्व र रीतिरिवाजलाई सहिष्णु बनाउनको लागि दुई संगठनको सहकार्यमा बडा दशै र बकरइद (इदुजोहा) मनाइएको हो ।
नेकपा एमाले सुनसरी क्षेत्र नम्बर १ का उम्मेद्वार कृष्णकुमार राईबाट इत्तेहाद संगठन लगायत मुस्लिम समुदायले टिका जमरा लगाइ वडा दशै“ मनाए भने मुस्लिम इत्तेहाद संगठनको निम्तो स्विकार्दै उम्मेद्वार कृष्णकुमार राई पनि आपसी सद्भाव बाँड्दै इदुजोहा मनाएका थिए ।
। सामुहिक रुपमा चाडपर्व मनाउँदा खुसी लागेको उम्मेद्वार कृष्णकुमार राईले बताए । उनले भने, “चाडपर्वले हाम्रो धार्मिक, साँस्कृतिक उन्नती मात्र होइन आपसी समझदारी, भाइचारा र धार्मिक सहिष्णुतामा वृद्धि हुन्छ ।”


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>