तिहारदेखि तेह्रथुम लोडसेडिङमुक्त

तेह्रथुम । नेपाल विद्युत प्राधिकरणले तेह्रथुम जिल्लालाई तिहार देखि लोडसेडिङ मुक्त बनाउने भएको छ । जिरिखम्तीस्थित सब स्टेसनमा डेढ एमभिएको ट्रामन्सफर्मर थप गरी तिहार अगावैदेखि जिल्लालाई लोडसेडिङ मुक्त बनाइने नेपाल विद्युत प्राधिकरण तेह्रथुम वितरण केन्द्रले जनाएको छ ।
जिल्लामा तीन एमभिएको ट्रामन्सफर्मर ल्याउन ढिलाई भएपनि डेढ एमभिएको अर्को ट्रामन्सफर्मर थप गरि जिल्लालाई लोडसेडिङमुक्त बनाउन लागिएको केन्द्र प्रमुख शिवजीप्रसाद शाहले बताए ।   डेढ एमभिएको अर्को ट्रामन्सफर्मर र त्यसका उपकरणहरु आइसकेका छन्, केन्द्र प्रमुख शाहले भने तिहारको अवसर पारेर हामी जिल्लाबासीलाई २४ सै घण्टा बीजुली उपहार दिन्छौं ।
नागरिक पूर्वेली 



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>