सुपारी ट्रान्जिट बन्दै वीरगञ्ज

वीरगञ्ज । पछिल्ला दिनमा वीरगञ्ज सुपारी निकासीको ट्रान्जिट प्वाइन्ट बन्दै गइरहेको छ । विगतमा प्रहरीको कडाइका कारण मुलुकको पूर्वी र पश्चिमी नाकाबाट हुँदै आएको भारत निकासी केही समययता वीरगञ्ज र आसपासका सिमावर्ती  नाकाबाट भएको पाइएको छ । संविधानसभा र चाडपर्वको प्रहरी व्यस्तताको मौका छोपी कारोवारीले अवैध निकासी बढाएका हुन ।
प्रहरीले आइतवार राति वीरगञ्ज भन्सारको पश्चिम बाटो भएर भारत लैजाने क्रममा साइकलमा लोड भएको ९० बोरा सुपारीसहित ९ भारतीय भरियाहरुलाई नियन्त्रणमा लिएको छ । गत बिहिवार पनि प्रहरीले सिर्सिया खल्वा टोलाबाट भारत लैजान तयारी अवस्थामा राखिएको २ टुयाक्टर सुपारी नियन्त्रणमा लिएको थियो शुक्रवार बिहार प्रहरीले सीमावर्ती रक्सौलको गक्हरीया चौकबाट ३ ट्याक्टर सुपारी बारामद गरेको डिएसपी जितेन्द्र पाण्डेले बताए ।
साउनयता पर्सा प्रहरीले २ सय २६ क्विन्टल सुपारी बरामद गरिसकिएको छ । एसपी धिरजप्रताप सिंहका अनुसार सोही अवधिमा भारतीय प्रहरीले मोतीहारी र रक्सौलस्थित रेल्वे स्टेसन र नेसनल हाइवेबाट करिव २ सय क्विन्टल सुपारी बरामद गरेको छ ।

कान्तीपुर 


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>