चुनावी चन्दाले उद्योगी हैरान

निर्वाचनको मिति नजिकिँदै जाँदा उद्योगी, व्यवशायीलाई चन्दाको दबाब बढ्न थालेको छ । दलैपिच्छेका उम्मेदवार र पार्टीले भिन्दाभिन्दै चन्दा माग्न थालेपछि सुनसरी–मोरंग औद्योगिक क्षेत्रका उद्योगी, व्यवशायीले हैरानी भोग्नुपर्ने अवस्था आएको बताउँछन् ।
चन्दा माग्ने क्रम बढेको छ, धेरै उद्योगी, व्यवशायीले गुनासो गर्न थालेका छन् । यसलाई कसरी व्यवस्थि तगर्ने भनेर छलफलमा जुटेका छौं, उद्योग संगठन मोरंगका कार्यवाहक अध्यक्ष शिवशंकर अग्रवालले भने, नेपाल उद्योग वाणिज्य महासंघसँग पनि कुरा भइरहेको छ, हामीहरुले सुरक्षाको ग्यारेन्टी हुनुपर्यो यस्तै हो भने काम गर्न सक्ने अवस्था रहेन ।
मोरंगमा ३७ दलका २ सय ७१ जना उम्मेदवर छन् । प्रायः सबै दल र उम्मेदवार पालो गरी गरी चन्दा माग्न आउँछन् । एक उद्योगीले भने, चन्दा पनि रकमै तोकेर धम्कीपूर्ण तरिकाले माग्छन् ।
उद्योगीहरुले चन्दा दिनैपर्ने बाध्यता भएकाले हरेक उम्मेदवारलाई नभइ एकमुष्ट पार्टीलाई दिने तयारी गरेका छन् । तर उम्मेदवार भने आफ्नो निर्वाचन क्षेत्र पर्ने उद्योग र उद्योगीको घरका आधारमा चन्दा मागिरहेका छन् । कान्तिपुर



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>