पूर्वमा ३६ हजार सुरक्षाकर्मी

विराटनगर । पूर्वाञ्चलका १६ जिल्लामा संविधानसभा निर्वाचन सम्पन्न गराउन ३६ हजार भन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन् ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालयका अनुसार पूर्वाञ्चलमा १३ हजार प्रहरी कार्यरत् छन् । निर्वाचनका लागि १० हजार ६३ जना म्यादी प्रहरी भर्ना गरिएको छ । त्यसैगरी झण्डै ७ हजार जतिको संख्यामा सशस्त्र प्रहरी छन् भने त्यसैको हाराहारीमा नेपाली सेना कार्यरत् छन् ।
समाचार स्रोतअनुसार सबै मिलाएर सुरक्षाकर्मीहरुको संख्या ३६ हजारको हाराहारीमा रहेको हो । आवश्यक परेको खण्डमा केन्द्रबाट पनि थप गरिने व्यवस्था भइरहेको छ । उद्घोष


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>