सशस्त्र समूहलक्षित निगरानी बढाइयो

सप्तरी । संविधानसभाको निर्वाचन नजिकीदैं जाँदा सप्तरीमा सुरक्षा निकायले उच्च सर्तकता रणनीति अपनाएको छ । नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरी, अनुसन्धान विभाग लगायत सुरक्षा निकायले छुटा छुटै तथा एकिकृत सुरक्षा योजनाअन्र्तगत जिल्लाको छ वटै निर्वाचन क्षेत्रमा उच्च सर्तकता अपनाएको हो । निर्वाचन आयोग तथा केन्द्रीय सुरक्षा निकायले सप्तरीलाई अति संवेदनशील जिल्लाको सूचिमा राखेको छ ।
निर्वाचन विरोधि खुला राजनीतिक दलहरु त्यती सक्रिय नभए पनि तराईमा संघर्षरत सशस्त समूहलाई लक्षित गरी उच्च सुरक्षा सर्तकता अपनाइएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले बताए । निर्वाचनको विरोधकमा रहेका नेकपा माओवादी सहितका दलहरु त्यती सक्रिय नदेखिए पनि सशस्त्र समूहहरु भने हाम्रा लागि अझै चुनौती नै बनिरहेका छन् प्रजिअ पौडेलले भने गोइत र ज्वाला समूहको पकड रहेको एरिया भएकाले हामी अति नै सर्तक भएर बसेका छौ ।

नागरिक पूर्वेली


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>