वी.पी. प्रतिष्ठान,सर्जरी बिभागका प्रमुखको कोठामा ताला

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्मचारी कल्याण समाजले प्रतिस्ठानका सर्जरी बिभागका प्रमुख प्रा डा. सि एस अग्रवालले कर्मचारी कल्याण समाज र प्रतिस्ठान प्रशासन पटक पटक सम्झाउदा पनि अस्पातलमा उपचार गर्न आएका बिरामीलाई अस्पातल बहिर रहेका निजी सेन्टेरमा पठाउने गरेको बिरोधमा आज सर्जरी बिभाग र पेइङ ओ पि डि मा ताला लगाएका छन। समाजले अग्रवाललाई कारबाहीस्वरुप दैनिक कार्यमा पनि प्रतिबन्ध लगाएको घोषणा गरेको छ। कर्मचारी समाजका प्रतिनिधि ताला लगाउन पुग्दा अग्रवाल थिएनन्। दुईपटक अनुगमन गर्दा डा. अग्रवालले बिरामीलाई जाँच गर्न बाहिरका क्लिनिक एवं जाँच केन्द्रमा पठाएको भेटिएपछि समाजले असोज १५ गतेभित्र कारबाही गर्न अस्पताल प्रशासनलाई अल्टिमेटम दिएको थियो। प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएपछि समाज आफंै कारबाहीमा उत्रन बाध्य भएको महासचिव वेदुकाकुमारी पुलामीले बताइन्। 'कर्मचारी कल्याण समाज र प्रतिष्ठान प्रशासनले पटक–पटक अपिल, सचेत गर्दा पनि उनले बिरामीलाई प्रतिष्ठानबाहिर खोलिएका सेन्टरमा पठाउन छाडेनन्,' उनले भनिन्, 'तर प्रशासनले अल्टिमेटम दिँदा पनि कारबाही नगरेपछि कार्यकक्षमै तालाबन्दी गरेर प्रवेशमा निषेध गरेका हौं।' डा. अग्रवाललाई निलम्बन गरेर बाहिर पठाइएका बिरामीको छानबिन गरी दोब्बर रकम असुल गर्नुपर्ने र थप प्रशासनिक एवं विभागीय कारबाही गर्नुपर्ने उनले बताइन्। वी.पी. प्रतिष्ठान, कर्मचारी कल्याण समाजका अध्यक्ष सुरेन्द्र गोलेको नेत्रित्तोमा प्रतिस्ठानका कर्मचारीहरुले सर्जरी बिभागका प्रमुखको कोठामा ताला लगाएका हुन ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>