कर्मचारीद्वारा बाल आस्रमलाई मुठ्ठीदान

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्मचारी कल्याण समाजले गत शनिबार एक अनाथ आस्रमलाई खाद्यसामाग्रीहरु प्रदान गरेको छ। प्रतिष्ठानका कर्मचारी भूपध्वज बुढाथोकीको अध्यक्षतामा गठन भएको मुठ्ठीदान समितिले ५० के.जी. चामाल, नुन, तेल लगायतको खाद्यसामाग्रीहरु धरान ३ स्थित सरस्वती वाल अनाथ आश्रमलाई प्रदान गरेको हो । वृद्धआश्रम, अनाथ आश्रम, अपाङ्ग पुनस्र्थापन जस्ता संघ संस्थाहरुलाई सहयोग गर्ने उद्देश्यले समितिले यस अघि लोकतन्त्र दिवसको अवसरमा सय के.जी. चामल सहित विभिन्न खाद्यसामाग्रीहरु सोही आश्रमलाई प्रदान गरेको कर्मचारी कल्याण समाजका अध्यक्ष सुरेन्द्र गोलेले जानकारी दिए । उनले प्रतिस्ठानका कर्मचारीहरुले सन्कलन गरेको दान बाट प्रत्येक महिना यो सहयोग गर्ने बताए । समितिले यस अघी गत बैशाख ११ पहिलो कार्यक्रम आयोजना गरेको थियो । मुठ्ठीदान कार्यक्रमको निरन्तरता र सफलताको लागि वी.पी. प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुले दैनिक एक मुठ्ठीदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>