प्रकाशकीय : सुरुवात

अनलाइन समाचार सेवाको विकास नेपालमा पछिल्लो समयमा व्यापक रुपमा हुँदै आएको छ । टेलिभिजनमा दृश्य देखाउन समय लाग्छ, रेडियोमा समाचार थाहा पाउन समाचार पर्खनुपर्छ । पत्रिकाबाट खबरको जानकारी लिन छापिएर आउने समयसम्म पर्खनुपर्छ । यी तीन वटै माध्यमले प्रशारण गरेका खबर सिमित क्षेत्रमा मात्र हेर्न, सुन्न र पढ्न सकिन्छ । तर अनलाइनबाट संसारको कुनैपनि कुनामा के भइरहेको छ भन्ने कुरा तत्काल जान्न सकिन्छ ।
विशेष गरी टेलिभिजन, एफएम र पत्रपत्रिकाहरुले समेत समाचारको लागि अनलाइन नियमित हेर्ने गर्छन् । देश भित्र तथा बाहिर सञ्चालनमा आउने अनलाइनहरु उनीहरु ज्यादा हेर्छन् र महत्वपूर्ण समाचार अनलाइनमा प्रकाशन गरिएको भएमा त्यसलाई आफ्नो समाचारमा समावेश गर्छन् । यसरी अनलाइन समाचार आजको समयमा सर्वाधिक भरपर्दो, छिटो र पहुँच राख्ने सञ्चार माध्यमको रुपमा विकास भइसकेको छ ।
यसैमेसोमा पुर्वाञ्चलमा रहेका प्राकृतिक, साँस्कृतिक सम्पदाको विकास गर्दै पुर्वाञ्चलवासी र पुर्वाञ्चललाई माया गर्ने सबैको लागि आफ्ना गाउँ ठाउँको सुचना दिने उद्देश्यले पुर्वन्युज डटकमको नियमित अपडेट आजबाट सुरु गरेका छौं ।
साइटले पुर्वाञ्चलमा घटेका घटनाहरुको सुचना छिटो दिनुका साथै घटनाको बारेमा विस्तृत विवरण दिन्छ । विगत तीन वर्षदेखिको अभ्यासका दौरान पुर्वन्युजले देश र देश बाहिर रहेका लाखौं.पाठकहरुको मन जित्न सफल भएको छ । यस अनलाइनमा प्रकाशित समाचार आम पाठकहरुका साथै देशभरका सञ्चारमाध्यमको लागि समेत चासोको विषय बन्ने गरेको छ ।
यसर्थ पुर्वन्युजको लागि विज्ञापन दिएर आफ्नो व्यवशायको श्रीवृद्धिमा हातेमालो गर्न आग्रह गर्दछौं । सल्लाह, सुझाव र प्रतिक्रियाहरुको साथमा समाचार, विचार, विज्ञापनको लागि हामी नेपाल तथा नेपालबाहिर रहनुहुने सम्पूर्ण पाठक वर्ग, व्यापारी तथा शुभचिन्तकहरुमा हार्दिक आग्रह गर्दछौं ।



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>