निगाले बाघको छाला सहित १ पक्राउ
अनिस बिष्ट /संखुवासभा संखुवासभा जिल्लाको मत्स्यपोखरी–५, का डिल्लीराम गुरुङ् निगाले बाघको छाला सहित शुक्रबार पक्राउ परेका छन् । गोप्य सुचनाको आधारमा प्रहरीले अभियुक्त गुरुङ्को घरमा लुकाएर राखेको निगाले बाघको छाला, टाउको, दाात र नङ्ग्रा सहित गुरुङलाई पक्रागरिएको आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । बाघको छाला चिनको तिब्बत तर्फ निकाशी गर्ने गिरोहले छाला राखेको छ भन्ने गोप्य सुचनाको आधारमा गुरुङको घरमा खानतलासी गर्दा खाटमुनी बोरामा हाली लुकाएर राखीएको अवस्थामा सो छाला बरामद गरिएको जनाइएको छ । अभियुक्त गुरुङलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, दफा २६ बमोजिम कारबाहीको निमिक्त जिल्ला बन कार्यालय पठाइने प्रहरी नायव उपरिक्षक पवनकुमार गीरीले बताउनु भयो । अभियुक्तलाई १० हजार रुपैयाा सम्म जरिमाना र दई बर्ष कैदको समाज हुने कानुनी व्यवस्था रहेको छ । पक्राउ गर्न सुराक दिने व्यक्तिलाई १ हजार रुपैयाा देखि १० हजार मुल्यको ५० प्रतिशत पुरस्कार दिने व्यवस्था दफा–२५ले व्यवस्था गरेको छ । (१३ असोज)
प्रतिक्रिया दिनुहोस् >>