सशस्त्र प्रहरी जवान भर्ना परिक्षामा अर्काको नाममा परिक्षा दिन खोज्ने पक्राउ

सशस्त्र प्रहरी जवानको भर्ना प्रकृया अन्तर्गतको भाद्र २२ गते भएको लिखित परीक्षामा अर्काको नाममा परिक्षा दिइरहेकी एक महिला परिक्षार्थीलाई एपीएफ टोलीले पक्राउ परेको छ ।
सशस्त्र प्रहरी बल महानगरीय सशस्त्र प्रहरी कार्यालय काठमाडौंमा सशस्त्र प्रहरी जवानका लागि दरखास्त दिएकाहरुको काठमाडौंमा हिजो भइरहेको लिखित परिक्षामा दर्ता नम्बर ५७०३ की कल्पना दाहालको सट्टामा परिक्षा दिइरहेकी रामेछाप जिल्लाको कुपुकास्थली गाविस ४ वस्ने अनिता गुरागााई पक्राउ परेकी हुन ।
उक्त पदमा दरखास्त दिएकी सोलुखुम्बु जिल्लाको चौलाखर्क २ बस्ने निज दाहालको ठाउामा नक्कली  परिक्षार्थी बनेर परिक्षा दिइरहेको अवस्थामा उनलाई फेला पारिएको थियो ।
उनीहरु दुवै जनालाई आवश्यक कारवाहीको लागि सम्बन्धित कागजातसहित प्रहरी चौकी बलम्बुमा बुझाएको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>