मनको मलम बन्दै तिउन तरकारी
Posted by
purwanews
Published on
Tuesday, September 10, 2013
असुरक्षाका कारण द्वन्द्व कालमा सुनसरीको श्रीपुर र हरिपुरबाट विस्तापित भएका किसानहरु यतिबेला सुनसरीको चतरा स्थित सुनसरी–मोरङ सिंचाई योजनाको जग्गामा विस्थापित जीवन बिताइरहेका छन् । विस्तापितहरु आफ्नो दैनिक गुजारा चलाउन ज्याला मजदुरी गर्दै आइरहेका थिए । त्यतिले मात्रै हात मुख जोड्न नपुग्ने भएपछि अहिले सामुहिक रुपमा तरकारी खेती गरी केही राहत महसुस गर्न थालेका छन् । यसै विषयलाई समेटेर नवराज विष्टले तयार पारेको रिपोर्ट :

व्यवस्थित तरिकारी खेतीले पछिल्लो समयमा जीवनस्तर उक्सेका मनग्गे उदाहरणहरु छन् । परम्परागत कृषि प्रणालीलाई छोड्दै आधुनिक कृषिका तौरतरिका सम्बन्धी तालिम लिएर खेती गर्ने हो भने मनग्गे आम्दानी गर्न सकिने रहेछ ।
त्यस्तै उदाहरण बनेका छन्, श्रीपुर र हरिपुरका सशस्त्र द्वन्द्व पीडित । व्यक्ति भन्दा पनि समूह नै आत्म निर्भर बन्नुपर्छ भन्ने उनीहरुको सोचाइ छ । सशस्त्र द्वन्द्वकालमा मधेसी टाइगरबाट विस्थापित भइ चतरा–१ स्थित नहर डााडामा अस्थायी बसोबास गरिरहेका विस्थापितहरु तरकारी खेती गर्न भने व्यवस्थित भएर लागि परेका छन् ।
“हामी चतरा र आसपासमा ज्याला मजदुरी गरी गुजारा गर्दै आएका थियौा । सबै आ–आफ्ना काममा व्यस्त रहादा एकअर्काको समस्यामा सहयोग गर्न सकिरहेका थिएनौा । कृषक समूहको स्थापना गरेपछि भने हामीहरु संगठित भएका छौा ।” सामुहिक तरिकारी खेती गर्ने निर्णय गरी निर्माण गरिएको हरियाली सिर्जनशील कृषक समूहका अध्यक्ष कमल तामाङले भने ।
आधुनिक प्रविधि अवलम्बन गर्दै तरिकारी खेती गर्नुपर्छ भनेर उत्प्रेरित भएका कृषकहरु कारितास नेपाल नामक संस्थाले १६ दिने तालिम प्रदान गरेपछि झन उत्साहित बने ।
कारितासले नै तरिकारी खेतीका लागि बीउ उपलब्ध गराएपछि सुख्खा ठाउा भएपनि विस्थापितहरुमा झन जाागर बढ्यो । “तरिकारी खेती गर्नुपर्छ भन्ने सोचाइ बनाएका थियौा, कारितास नेपालले तालिम र बीउ दिएपछि त झन जाागर पलायो ।” समूहमा आवद्ध मिना कट्वालले बताइन ।
गिटी र बलौटे माटो मात्र रहेको जग्गामा हप्ताको १ दिन ६ घण्टा खटी माटोमा रहेका गिटीहरु चाले पछि उनीहरुले बन्जर माटोलाई केही उर्वर बनाउन सफल भएका छन् । समूहका अध्यक्ष तामाङले भने, “माटो परीक्षण गर्दा प्राविधिकले खेतीका लागि त्यति उपयुक्त छैन भनेका थिए तर हामीले माटोमा रहेका सबै गिटी चाल्यौा र प्राविधिक कै सल्लाहअनुसार थोपा सिचाइ गर्न थाल्यौा ।”
कृषकहरुले खेती गर्दै आएको सुनसरी मोरङ सिंचाइ योजनाको ८ कट्ठा जग्गामा ५०/५० मिटरको दुरीमा खाल्डा खनी प्रत्येक खाडलमा आधा बोरा प्राङ्गारिक मल राखी पुरेका छन् । उनीहरुले कोक फेन्टाका बोतल, मिनिरल वाटरका बोतलमा पानी भरेर सानो प्वाल पारी थोपा सिंचाइ गर्दै आइरहेका छन् । तामाङले भने, “यो नौलो प्रविधि रहेछ, यस्ता बोतलहरुमा पानी भरेर सियोले प्वाल पारिदिन्छौ अनि यो पानी निरन्तर झर्छ । माटो पनि ओसिलो बनाइ राख्ने रहेछ ।”
उनीहरुको खेतीलाई प्रवद्र्धन गर्नका लागि कारितास नेपालले ४० हजार रुपैयाा बीउ पूाजी दिने भएको कृषक समूहका अध्यक्ष तामाङले बताए । “कारितास नेपालले बीउ पाूजी दिन्छु भनेको छ, त्यसपछि बेमौसमी तरकारी खेती लगाउने योजना छ ।” भरौलको इक्राइमा रहेको मर्निङ स्टार नाम गरेको मिसिनरी विद्यालयले पानी सिंचाइका लागि मोटर दिने आश्वसन दिएको तामाङले बताए । नहर नजिकै भएकाले पानी तान्ने मोटर पाए राम्रो सिंचाइ सुविधा हुने र तरकारी खेतीबाट मनग्गे आम्दानी हुने उनले सुनाए ।
२१ घरपरिवारमा संगठित उनीहरुले अहिले सुनसरी–मोरङ सिंचाइ योजनाको चतरामा रहेको ८ कट्ठा जग्गामा सामुहिक तरिकारी खेती गर्दै आइरहेका छन् । हरियाली सिर्जनशील कृषक समूह नामकरण गरी उनीहरु सामुहिक तरकारी खेती गर्दै आइरहेका हुन् । २०७० बैसाख ४ गते २१ घरपरिवारको भेलाले कमल तामाङको अध्यक्षतामा हरियाली सिर्जनशील कृषक समूहको स्थापना गरी समूहमा बचत गर्ने र सामुहिक तरिकारी खेती गर्ने निर्णय गरेको विस्थापित परिवार मध्येका कमल तामाङले जानकारी दिए । २१ घर परिवार मध्येका १/१ जना कार्यसमितिको सदस्य रहने गरी उनीहरुले समूह निर्माण गरेका हुन् ।
उनीहरु मासिक बैठक बस्छन् र प्रतिपरिवार २ सयका दरले समूहमा बचत पनि गर्छन् । हप्ताको २ पटक तरिकारी खेतीमा सामुहिक काम गर्ने र बााकी दिन ज्याला मजदुरी गरेर परिवारको गुजारा टार्ने गरेको समूहका विजय लिम्बूलेत बताए । उनी भन्छन्, “थोरै जग्गा भएकाले त्यसैमा सबै निर्भर हुन सकेका छैनौा । त्यसैले कसैले अन्य केही व्यवसाय र मजदुरी पनि गर्दै आएका छौा ।”
कााक्रा खेतीबाट मात्रै अघिल्लो महिना साप्ताहिक ५ हजारका दरले आम्दानी गरेका कृषकहरुले हप्ताको २ पटक ७० केजीका दरले कााक्रा बिक्री गरेको बताए । कााक्रा खेतीबाट मात्रै उनीहरुले १६ हजार आय गर्न सफल भएको समूहका अध्यक्ष कमल तामाङले बताए ।
अहिले उनीहरुले घिरौाला, करेला, बोडी, टमाटर भेण्डी लगायतका तरिकारीहरुको खेती गरिरहेका छन् । हप्ताको २ पटक उत्पादन निकाल्ने गरेका कृषकले हप्तामा घिरौाला न्युनत्तम ३० केजी निकाल्ने गरेका छन्, अध्यक्ष तामाङले भने, “यो हप्ता करेला पनि टिप्नु पर्लाजस्तो छ । ४० केजी सम्म आउन सक्छ ।” परम्परागत थाङ्ग्रा लाउने चलनलाई छोड्दै कृषकहरुले अहिले डोरी टाागेर थाङ्ग्रा लगाइ बोडी फलाएका छन् । “डोरीको थााक्रा लाएपछि टिप्न पनि सजिलो हुादो रहेछ ।” कृषक मिना कट्वालले भनिन् ।
“खासै धेरै उत्पादन छैन तर यसलाई व्यस्थित गर्ने हाम्रो सोचाइ छ” अर्की कृषक रितु शर्माले भनिन्, “उत्पादन गर्ने बजार चतरा नै हो । यो बजारमा पनि पर्याप्त पुर्याउन सकेका छैनौा ।”
उत्पादन भएका तरिकारीलाई २ जनाले बजार व्यवस्थापन गर्ने जिम्मा लिएको कृषक शर्मा बताउाछिन् ।
विस्थापित कृषकहरु त्यस क्षेत्रमा बस्ने अन्य घरपरिवारलाई समेत समुहमा आबद्ध गराएर वृहत्त खेती गर्ने सोचमा छन् । तरिकारी खेतीबाट विभिन्न ठाउामा सफलता हात पारेको उदाहरण बेलाबेला सुन्ने गरेका उनीहरुले “गरे हुने रहेछ” भन्ने सोच आएपछि खेती सुरु गरेको बताए । समूहका अध्यक्ष कमल तामाङ लगायत ५/७ घरले सानो पोखरी खनी मुङ्ग्री माछा समेत पाल्दै आएका छन् । तरिकारी खेती सागै माछापालन गरेका उनीहरु मिहिनेत र परिश्रम गरे कृषि पेशाबाटै राम्रो आम्दानी गर्न सकिने बताए ।
अध्यक्ष तामाङ भन्छन्, “यो हामीले बसोबास गरिरहेको जग्गा सुनसरी–मोरङ सिंचाइ योजनाको हो । योजनालाई जग्गा आवश्यक हुने बित्तिकै यहााबाट पनि हामी विस्थापित हुनुपर्छ । यहााबाट उठाइनु भन्दा अघि नै हामीले सामुहिक कृषि खेतीबाट गरेको आम्दानीले अन्य ठाउामा जग्गा लिन सक्छौा र यही खेतीलाई निरन्तरता दिन सक्छौा ।”
विस्थापितहरु सिंचाइ योजनाको जग्गाबाट हटाइनु अघि नै आफ्नो सुरक्षित भविष्यको सुनिश्चितताका लागि समेत कृषि पेशामा लागि परेका छन् । उनीहरुले गरेको सामुहिक कृषि खेती अन्य किसानका लागि प्रेरणाको श्रोत त छादैछ । सामाजिक संघसंस्था तथा समुहका लागि पनि कृषि पेशा आर्थिक सबलीकरणका लागि महत्वपूर्ण हुने स्थानीय सञ्चारकर्मी विजय राईको भनाइ छ । विस्थापितहरु यसरी तरकारी खेती गर्दै आएकामा कृषि पेशालाई प्रवद्र्धन गर्न र कृषकहरुलाई उत्साहित गर्न संगठित संघसंस्था तथा सरकारी क्षेत्रले “सहयोग गरिदिए हुन्थ्यो” भन्छन् । उनीहरुले वराहक्षेत्र गाविसलाई सहयोगका लागि अपिल गरेका छन् ।
बिएसि न्युज
प्रतिक्रिया दिनुहोस् >>