सुनसरी कांग्रेसले उम्मेद्वार सिफरिस गर् यो
Posted by
purwanews
Published on
Thursday, September 5, 2013
नेपाली कांग्रेस सुनसरीका छ वटै क्षेत्रिय समितिहरुले जिल्ला समितीमा आफ्नो आफ्नो क्षेत्र बाट आसन्न मंसिर ४ गते सम्पन्न हुने दोस्रो संबिधान सभाको लागि पार्टीको तर्फ बाट उम्मेद्वारको नामहरु सिफरिस गरेका छन । क्षेत्रिय समितिहरुले सब भन्दा पहिला गाउँ, नगर र नगर वडाहरु सँग सम्भाबित उम्मेद्वारहरुको छनौटमा राय मागेको थियो । त्यस पछी गत १३ गते सबै क्षेत्रहरुमा क्षेत्रिय सम्मेलनको आयोजना गरी ब्रिहत रूपमा उम्मेद्वार हुन चाहनेहरुको दाबी र अन्य प्रतिनिधिहरुको राय बुझी क्षेत्रिय समितिको बैठक बसी हरेक क्षेत्रबाट प्रत्यक्षमा र समानुपातिकमा छुट्टा छुट्टै उम्मेद्वारको नाम सिफारिस गरेका हुन ।
क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ चन्द्र प्रसाद श्रेष्ठ,बिनोद राइ ,सुजेन्द्र तामाङ , किशोर राइ ,अलिम अन्सरी र सुरेशमान श्रेष्ठ को नाम सिफारिस भएकोको छ । समानुपातिकतर्फ मिना सुब्बा, चन्द्र प्रसाद श्रेष्ठ,गिरिराज आचार्य, भिष्म काफ्ले,श्यामा रेग्मी ,मिना पुलामी ,हेमलाल लिम्बु,गोबिन्द दर्नाल , शिवनारायण साह र हरिनाथ बस्तोलाको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्वर २ बाट प्रत्यक्षतर्फ हेमकर्ण पौडेल, राजिव ढुंगाना र बद्री नारायण चौधरीलाई सिफारिस गरिएको छ । समानुपातिकतर्फ भरत चौधरी,दिलमाया डाँगी, दिल कुमारी राइ , दिनेश चन्द्र गिरी ,बाबुराम गजमेर र मो रजाक मिँयाको नाम सिफारिस गरिएको छ । यसै क्षेत्रबाट थप उम्मेद्वारहरुको नामावली पनि क्षेत्रिय समितीले बुझाएको छ । प्रतक्ष्य तर्फ फुल राज सुबेदी ,बिरेन्द्र कार्की , हरी नारायण चौधरी सैलेन्द्र खड्का , मनिराम श्रेष्ठ, राम रोहन चौधरी , ज्योति कोइराला र बिष्णु डाँगी थपिएका छन भने समानुपातिक तर्फ हेम नारायण चौधरी, जगदिश वली, सुजाता कोइराला , शिव फागु ,दिल कुमार वन , हेम नारायण विश्वाश , दाता राम चौधरी , सोहामती थरुनी , दिपक राइ , शेखर चौधरी , केशब भट्टराई , महेश बस्तोला , तिर्थ पराजुली , बिमला प्रधान , गजेन्द्र खाँति, लक्ष्मी खड्का , उर्मिला राइ , बिजया कटुवाल , रेखा प्रसाइ , शिला गजमेर,अशोक पोख्रेल , पद्मा पौडेल , सिता भुसाल , बिदुर पौडेल , अशिम मियां, याम प्रधान, मछिन्द्र खवास लगयत छन ।
क्षेत्र नम्वर ३ बाट प्रत्यक्षतर्फ कुमार जंग थापा , सत्य नारायण गच्छदार र गोमा पराजुलीलाई सिफरिश गरिएको छ । समानुपातिकतर्फ हरी सापकोटा, मो अब्दुल मियां , राज नारायण चौधरी , राम सेवक यादब र अगमलाल चौधरीको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फ राम प्रसाद मेहता , सिताराम मेहत , राम बहादुर बस्नेत र बिन्देश्वर यादवको नाम सिफारिस भएको छ । समानुपातिक तर्फ राजिब कोइराला , हरी सापकोटा, सञ्जय श्रेष्ठ, मोहन मेहता , लाली मेहता , बालकृष्ण मेहता , सहदेव मेहता , जवाहर मेहता , खुशीलाल यादव , अल्लाउद्दिन हुसैन , जयप्रकाश चौधरी , जलशीदेवी मोची लगयतलाई सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष तर्फ सुजाता कोइराला , गफार अन्सरी , अयुब अन्सारी , हरिगोविन्द यादव , नइम मन्सुरी र जमिल अख्तरको नाम सिफारिस भएको छ । त्यसै गरी समानुपातिक तर्फ सुजाता कोइराला , सुनिल पोख्रेल , मिस्रीलाल साह, प्रदीप मेहता , झगेन्द्र लोहनी , रानी खातुन, कुन्जिलाल यादाव , राम प्रसाद यादाव , जनार्दन पण्डित , सुर्यदेव उराउ , रामेश्वर खत्वे , इरफान मियां , पंचीनारायण खत्वे , बौआलाल खत्वे , शम्भु साह , धर्मनारायण मन्डल , अनिता यादव लगायतको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष तर्फ डिल्ली कार्की, बाबुराम बिष्ट , तेज प्रसाद सुबेदी ,दीपेन्द्र केसी ,रतन राइ र बुद्धी कटुवालको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ राजदीप लामा , अनु गुरुङ , भरत चौधरी , सनुमाया राउत , नन्द सिग्देल, नइमुद्दिन खाँ र कृष्ण साम्पाङको नाम सिफारिस गरिएको छ ।
नेपाली कांग्रेस सुनसरीको बैठकले छ वटै क्षेत्रिय समितीबाट सिफारिस भई आएको उम्मेद्वारहरुको नामवलीलाई जिल्ला समितिको राय सहित केन्द्रिय कार्य समितिमा पठाउने निर्णय गर्नुको साथै सो प्रयोजनको लागि सभापति राजिब कोइरालाको संयोजकत्वमा आवश्यकता अनुसार सदस्य राख्ने गरी एक समिती पनि निर्माण गरी कामको थालनी गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस् >>