सशस्त्र प्रहरी द्वारा काठ बरामद
Posted by
purwanews
Published on
Wednesday, September 11, 2013
झापा जिल्लाको दमक नगरपालिका ३ स्थित भाङवारी भन्ने स्थानबाट भाद्र २४ गते राति सशस्त्र प्रहरी टोलीले करीब २४ लाख रुपैयाा बराबरको सखुवाको चिरान काठ बरामद गरेको छ ।उक्त काठ सशस्त्र प्रहरी बल भुटानी शरणार्थी शिविर सुरक्षा बेस बेलडाागीबाट खटिएको सशस्त्र टोली, स्थानीय प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले बरामद गरेको हो ।
त्यसठाउाको एक फर्निचरमा अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा फेला परेको करीब तीन सय क्यूफिट बराबरको सखुवाको उक्त काठ एपीएफ टोलीले बरामद गरेलगत्तै आवश्यक कारवाहीको लागि स्थानीय वन कार्यालयमा बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस् >>