जलवायु परिवर्तन र भविष्य

पुराना समस्या त सम्बोधन गर्न नसकेका हामीले यी नयाँ चुनौतीको सामना कसरी गर्ने ? सबैले घोत्लिएर सोच्नु पर्ने भएको छ । किनभने, मानिसको स्वेच्छाचारी क्रियाकलाप, अहम र म मात्र बाँचौ भन्ने सोचाई र अरु जाती, अरु प्राणी एवं प्रकृतिप्रतिको उदासिन व्यवहारबाट यो पृथ्वीमा भविष्यमा मानव जातिले ठूलो मूल्य चुकाउनु पर्ने कुराको संकेत गर्दछ ।


- सन्जिव वाग्ले

विश्वमा भएको चरम औद्योगिकीकरण एवं मानिसको प्रकृति र वातावरणप्रति उदासिन बन्दै गएको व्यवहारबाट विश्वमा वातावरणको अवस्था खस्कदै गएको छ । राजनीति बाहेक बाँकी केही पनि होइन भन्ने मानसिकताले वातावरण संरक्षणको मुद्धा ओझेलमा परिरहेको छ । वातावरण संरक्षणमा ध्यानै नदिने,  अर्थतन्त्र नबनाउने, बातावरण मैत्री विकासमा ध्यानै नदिने अनि कोरा राजनीतिबाट मात्र मुलुक चल्छ भन्ने नेता र दलहरुको मानसिकताले मुलुक समस्याको भूमरीमा फँस्दै गएको छ ।

विश्वमा भएको तापमान बृद्धिको  विकराल समस्या निम्त्याउन खासै ठूलो भूमिका नभएका  नेपाल लगायतका विकासोन्मुख देशहरुले सबैभन्दा बढी जलवायू परिवर्तनको असर व्यहोर्नु परिरहेको छ । एशीयाकै पानीको स्रोतको रुपमा रहेका हाम्रा हिमालहरु बढ्दो तापक्रमका कारणले पग्लिन थालेका छन् । जसको कारण उच्च हिमाली भेगमा रहेका हिमताल फुट्ने खतरामा छन् । समयमा वर्षा हुँदैन, अतिवृष्टि, खण्ड वृष्टि हुन्छ, जसले गर्दा प्राकृतिक प्रकोपहरु बाढी, पहिरो, भू–क्षय जस्ता प्राकृतिक विपत्ती व्यहोर्नु पारिरहेको छ ।
खाद्यान्न उत्पादन लगायतका मानव जीवनसँग प्रत्यक्ष सरोकार हुने हरेक कुराहरुमा नकारात्मक असर पारिरहेको छ । समुद्री सतह बढिरहेको छ । जसका कारण अबको पचास वर्षमा सार्कको सदस्य समेत रहेको माल्दिभ्सको अस्तित्वनै खतरामा पर्ने वैज्ञानिकहरुले जनाएका छन् ।

नेपालमा खेतिपाती गर्ने जमिन कम भएकाले जनसंख्या बढ्नासाथ वन फडानी गर्ने प्रवृति छ । यसले पनि वातावरणमा नकारात्मक असर पारीरहेको  छ । पछिल्लो समयमा बढ्दै गएको अनियन्त्रित र अवैज्ञानिक सहरीकरणको चुनौति, विश्वमा बढ्दै गएको तापक्रमले हिमालमा हिंउ घट्दै गएर  हिमनदी सुक्ने, नदिनालामा पानीको सतह घट्ने र मनसुनी हावामा परिवर्तन हुनाले आगामी  दिनहरु अझ समस्या ग्रस्त हुने र वातावरणीय चुनौतीहरु अझ कहाली लाग्दा हुनेछन् ।

 पुराना समस्या त सम्बोधन गर्न नसकेका हामीले यी नयाँ चुनौतीको सामना कसरी गर्ने ? सबैले घोत्लिएर सोच्नु पर्ने भएको छ । किनभने, मानिसको स्वेच्छाचारी क्रियाकलाप, अहम र म मात्र बाँचौ भन्ने सोचाई र अरु जाती, अरु प्राणी एवं प्रकृतिप्रतिको उदासिन व्यवहारबाट यो पृथ्वीमा भविष्यमा मानव जातिले ठूलो मूल्य चुकाउनु पर्ने कुराको संकेत गर्दछ ।

अत: मानव जातिले आफ्नो भलाई चाहने हो र यो पृथ्वी भावि सन्ततीको  लागि पनि सुरक्षित राख्ने हो भने अन्धाधुन्द प्रवृति प्रति गरिएको प्रहारलाई रोकेर आत्मालोचना गर्दै वातावरणको संरक्षणमा जुट्नु पर्छ । चरम भौतिक विकासबाट मात्र मानिसले केही हासिल गर्न सक्दैन जब  पृथ्वी नै सुरक्षित छैन भने । त्यसैले आजैका दिनदेखी हामी सबै वातावरणप्रति सचेत बनौ । प्रकृतिको संरक्षणका लागि सबै एक जुट भएर लागौं । अनि मात्र हामीले सुरक्षित, शान्त र समृद्ध पृथ्वी भावि पुस्तालाई हस्तान्तरण गर्न सक्छौं ।




प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>