अध्यक्ष दाहाललाई जेल हाल्नुपर्छ– माइला लामा


रत्न प्रसाद आचार्य / सुनसरी, 

 नेकपा–माओवादीका केन्द्रिय सदस्य माइला लामाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जेल हाल्नुपर्ने बताएका छन् । सुनसरीको इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा नेता लामाले प्रचण्ड देशकै ठुलो भष्ट्रचारी भएकाले उनको बैध निजी सम्पत्ती माथि छानविन गरी जेल हाल्नु पर्ने बताए ।

दश बर्षे जनयुद्धमा जनतावाट लुटेको सम्पत्ती र माओवादी सेनाको करौडौ रकम भष्टचार गरी आप्mनो नाममा पार्ने प्रचण्ड देशकै ठुलो भष्टचारी भएकाले उनलाई अख्तियार लगाएर जेल हाल्नु पर्ने उनको भनाई थियो ।

प्रचण्डले आफु भष्टाचार मुद्धामा फस्ने डरले शाहीकालिन सरकारका मुख्य सचिव तथा जनआन्दोलन विरोधी लोकमान सिंह कार्कीलाई अख्तियारको अध्यक्ष बनाएको आरोप समेत लगाए । लामा जनयुद्धकालमा जनवादी गित गाउने चर्चित गायक पनि हुन् ।

भाद्र ३०

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>