बेलैमा सचेत बनौं
Posted by
purwanews
Published on
Tuesday, September 10, 2013
केही दिन यता धरानका सञ्चार माध्यमहरुमा धरान लागु औषधको अखडा बन्दै गएको भन्ने आशयमा समाचारहरु प्रकाशित भइरहेका छन् । प्रहरीले चलाएको लागु औषध नियन्त्रण अभियान अन्तर्गत पक्राउ परेका कारोबारी र प्रयोगकर्ताहरुको सङ्ख्या वास्तवमै दु:ख लाग्दो छ । ‘हाम्रो धरान राम्रो धरान’ बनाउने अभियान चलिरहेको बेला धराने युवाहरु कुलतमा फास्दै गएको समाचारले सबैलाई दु:खीत् बनाएको छ । यहाा प्रष्ट बुझ्नुपर्ने कुरा के छ भने विगत एक वर्षमा धरान लागु औषधीको दलदलमा फसेकै हो ।
अहिले धराने जनता, नेता, नागरिक समाज र लागु औषधका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले लागु औषध नियन्त्रण गर्न तथा प्रयोग कर्ताहरुलाई पुनस्र्थापना गर्न मुख्य एजेण्डा भएका छैनन् । अर्काे दु:ख लाग्दो पक्ष त स्थापित सरकारको रुपमा रहेको धरान नगरपालिकाले पनि लागु औषध नियन्त्रणमा कुनै ठोस् कार्यक्रम ल्याएको छैन । यदि लागु औषध कारोबार र निन्यत्रणमा सर्वपक्षिय चासो नहुने हो भने धरानको भविष्यमाथि प्रश्न चिन्ह उठ्ने छ । राजनैतिक दलहरुको युवाहरुको परिचालन र शक्तिलाई आफ्नो मुख्य सम्पत्ति ठानेका छन् । दलका नेताहरुको भाषणमा युवालाई रोजगारको व्यवस्था गर्नु पर्ने माग जोडदारले उठाएका छन् । तर आज सम्म दुव्र्यसनमुक्त बनाउने कुरा उठाएका छनन् । युवाहरुको शक्तिलाई मात्र छैन उनीहरुको स्वास्थ्य र जीवन सञ्चालन गर्ने आधारभूत आवश्यक्ताहरुमा पनि ध्यान दिनु जरुरी छ । लागु औषध प्रयोगले अपराध जन्माउाछ र अभावले अपराधलाई बढाउछ ।
त्यसैले अबको धरान कस्तो बन्ने भन्ने विषयमा गम्भीर हुनु आवश्यक छ । यदि लागु औषध कारोबार तथा प्रयोगमा आएका युवाहरुलाई सही बाटोमा हिाडाउन सकिएन भने धरान कुरुप बन्ने पक्का छ । बेलैमा सावधान बनौं ।
प्रतिक्रिया दिनुहोस् >>