बाथी मुटुरोगको मारमा बालबालिका
Posted by
purwanews
Published on
Tuesday, September 10, 2013
त्रिभुवन बिरही / धरान
एउटा प्रारम्भिक तथ्याङ्कले डरलाग्दो सङ्केत देखाएको छ । अफ्रिकी मुलुकमा नियन्त्रण हुादै गएको आरएचडी अर्थात् बाथी मुटु रोगको सुनसरी जिल्लामा गरिएको प्रारम्भिक अध्ययनले नराम्रो सङ्केत देखाएको छ ।
धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. निकेश श्रेष्ठको पहलमा सुरु गरिएको बाथी मुटु रोग सम्बन्धी अभियानका क्रममा सिङ्गो अफ्रिकी मुलुकमा प्रति हजार जनसंख्याको ५.७ प्रतिशतमा देखिने रोग सुनसरी जिल्लामा गरिएको अध्ययनमा प्रतिहजार जनसङ्ख्यामा ९ प्रतिशत बिरामी फेला परेका छन् । विशेषगरी ५ वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुमा देखिने यो रोगको उपचार समयमा नभए भविष्यमा गम्भीर अवस्थाहरु आउने डा. श्रेष्ठले जनाए ।
स्वीजरल्याण्डका डा. थोमर पिल्ग्रिमको सहयोगमा सुरु गरिएको अभियानका क्रममा भेटिएका बिरामीहरुको नि:शुल्क उपचार भइरहेको डा. श्रेष्ठले जानकारी दिए । उनका अनुसार ५ वर्ष देखि १५ वर्ष उमेर समूहका बालबालिकाको सुरुमा घााटी दुख्ने, हात खुट्टाको जार्निहरु दुख्ने, हिड्दा श्वास बढ्ने, खेल्न नसक्ने जस्ता लक्षणहरु सुरुमा देखा पर्छन् । ‘यसले हाम्रो मुटुमा रक्त सञ्चारमा अवरोध गरी मुटुको ढोकाहरु बन्द गराउछ । डा. श्रेष्ठले भने –‘यदी बेलैमा उपचार भयो भने रोग निको हुन्छ’ । अहिले प्रारम्भिक रुपमा हामीले गरेको परिक्षण विश्वमै आश्चर्य हुने गरी बिरामी भेटिएको श्रेष्ठको भनाई छ । हामीले उनीहरुको नि:शुल्क उपचार पनि गरिरहेका छौं । धरानका स्थानीय बासी समेत रहेका डा. श्रेष्ठले अबको ५ बर्षसम्म हामी परिक्षण र उपचार गर्दै जाने छौं ।
यस अभियानका खोजकर्ता डा. राजन महतोका अनुसार खासगरी ग्रामीण भेगका बालबालिकाहरुमा समस्या देखिएको छ । ‘उपचारका लागि पनि शहर भन्दा ग्रामिण क्षेत्रकै जनता बढी चेतनशील भएका पायौं’– महतो भने । ‘अहिले रोगको उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नि:शुल्क रुपमा गरिएको छ । यो रोग नियन्त्रणका लागि जनस्तरमा सचेतना हुनु आवश्यक छ’ उनले भने साथै राज्यले पनि उपचारको सहज बाटो बनाउनु आवश्यक छ । सामान्य लक्षण देखिदा नै उपचार तथा परिक्षण गराउन सर्वसाधारण सचेत हुनु पर्ने उनको सुझाव छ । डा. निकेशका अनुसार अहिले सुनसरीका १२ वटा विद्यालयमा कार्यक्रम सञ्चालन भइरहेको छ । हाल सम्म २५ सय जना विद्यार्थीको परिक्षण गरिएकोमा १५ जना जस्तो विरामी फेला परेका छन् ।
- BAC News
प्रतिक्रिया दिनुहोस् >>
