गर्भपतनप्रति सचेत बनौं

गर्भपतनप्रति सचेत बनौं -सन्जिव वाग्ले पछील्लो समयमा नेपालमा गर्भपतन सम्बन्धी मुद्धा एक पछी अर्को गर्दै सतहमा आइ रहेको छ । यो मुद्धा सतहमा आउनुमा दुई वटा कारण छन् । एउटा कारण सुरक्षित गर्भपतन गराउनेहरुको संख्या वर्षेनी बढ्नु र अर्को, असुरक्षित गर्भपतन गराउनेहरुको तथ्याङ्हरुमा पनि कमी नआउनु । २०६८ सालको जनगणना अनुसार महिलाको जनसंख्या ५१ प्रतिशत भन्दा बढी देखिए पनि १० वर्ष भन्दा मुनिका

बालिकाको संख्या बालकको तुलनामा २.३ प्रतिशत कम छ । अर्थात्, कुल जनसंख्यामा पुरुषको तुलनामा महिलाको संख्या बढी देखिए पनि पछिल्लो एक दशक यता छोरीको संख्या छाराको तुलनामा आश्चर्य जनक ढंगले घटिरहेको छ । अझ सोही जनगणनालाई आधार मान्दा शहरी क्षेत्रमा १ देखी १० वर्ष उमेर समूहका बालिकाको संख्या ५.७ प्रतिशतले कमी भएको देखिएको छ । तथ्याङ्कको आधारमा एक दशकमा जन्मने शिशु मध्ये बालिकाको संख्या घट्दो छ । एक दशक अघिसम्म प्रति ११ सय शिशुमा बालिकाको संख्या ९ सय थियो भने एक दशक यता प्रतिहजारमा सात सय पाइएको छ । यसबाट प्रष्ट हुन्छ गर्भपतनले कानुनी मान्यता पाएपछि भ्रुण हत्याको श्रृङ्खला हाम्रो समाजमा झनै तिब्र गतिमा बढिरहेको छ । समाजिक र धार्मिक मान्यताका कारण छोराको चाहना बढी हुनु र स्वास्थ्य कर्मीले आफ्नो पेसागत मर्म ‘हिप्पो क्रेटिक शपथ’ बिर्सेर पैसामा लागि जे पनि गर्न तयार भएका कारण भ्रुण हत्याको विषय हाम्रो समाजमा भित्र–भित्रै भुषको आगो झै फैलिरएको छ । यो विकृति यसैगरी फैलिरहने हो र राज्यले यसमा मौनता सााधी रहने हो भने यसले सामाजिक सन्तुलनमा त असर पार्छ नै प्राकृतिक सन्तुलनमा नै असर नपर्ला भन्न सकिन्न पछिल्लो समयमा छिमेकी राष्ट्र भारतका पञ्जाब, हरियाणा,महारास्ट्र लगायतका राज्यमा भ्रुण हत्यका कारण छोरीको संख्या घटिरहेकोले छोराहरु विवाह नै नभई बस्नु पर्ने जुन अवस्था सृजना भएको छ । त्यो समस्या नेपालमा पछिल्लो १० वर्ष यता जन्मिएको पुस्तामा देखिने प्रष्ट छ । संसारमा हरेक दिन गर्भपतनका घटना मध्ये ८५ प्रतिशत विकासोन्मुख मुलुकमा हुने विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले बताइसकेको छ । नेपालमा बर्सेनी एक लाखको हाराहारीमा महिलाले भु्रण पहिचान र अवैध गर्भपतन गराउने गरेको अनुमान छ । नेपालमा कानुनी भन्दा गैर कानुनी तवरमा हुने गर्भपतनका घटनाहरु १० गुणा बढी पाइन्छन् । यसबाट प्रष्ट अनुमान लगाउन सकिन्छ । गर्भ पतनको सुरक्षित बाटो हुादा हुादै किन असुरक्षित गर्भपतन १० गुणा भैरहेको छ ? यसकै नतिजा हो पछिल्लो जनगणनाले १० वर्षयता बालिकाको संख्या आश्चर्य जनक ढंगबाट घटिरहेको विषय । यस तर्फ सम्बन्धित सबैको बेलैमा ध्यान जाओस् ।
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>