बन्दुक देखाएर लुटियो प्याज

प्याजभारतमा ४० टन प्याजले भरिएको ट्रक लुटेराले लुटेका छन् । गाडीमा सवार लुटेराहरुले हाइवेमा रहेको ट्रक लुटेर लगेका हुन् । पछि प्रहरीले उनीहरुलाई पक्राउ गर्न भने सफल भयो ।
जयपुर दिल्ली राजमार्गमा प्याजले भरिएको ट्रकलाई रातो बत्ती जडान गरिएको गाडीमा सवार व्यक्तिले रोकेर लुटेका हुन् । ट्रक चालक र उनका सहयोगीलाई बन्दुक देखाएर लुटिएको भारतीय सञ्चार संस्थाहरुले जनाएका छन् । बन्दुक देखाएर दुवैलाई बाँधेर ट्रक लिएर गएको बताइएको छ । भारतमा प्याजको भाउ प्रतिकिलो ८० रुपैया किलो सम्म पुगेको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>