व्यवशायीक तालिममा युवा आकर्षित

सुनसरीको ग्रामिण क्षेत्रका युवाहरु व्यवशायीक तालिम प्रति आकर्षित हुन थालेका छन् । परम्परागत कृषि पेशालाई छाडेर विदेशिने उद्देश्यले सीपमुलक तालिम लिन थालेका हुन् ।
हालै सुनसरीको प्रकाशपुरमा २७ जना जनजाती युवाले तीन महिने वायरिंग तालिम लिएका छन् । मंगलबार आयोजित तालिमको समापनमा उनीहरुले सिकेको सीपलाई स्वदेश वा विदेशमा प्रयोग गर्ने बताएका छन् ।
प्रकाशपुर जनजाती गाउँ समन्वय परिषद्को आयोजनामा गरिएको तालिममा सहभागिलाई केशव राईले प्रशिक्षण दिएका थिए । तालिमले युवालाई स्वावलम्बी बन्न सहयोग गर्ने आयोजक संस्थाका अध्यक्ष धनपती लिम्बुले बताए ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>