नेल्सन मण्डेलाको जन्मदिन, आज संसारभर मनाइदै

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्शन मण्डेलाको ९५ औं जन्मदिन तथा अन्तर्राष्ट्रिय नेल्शन मण्डेला दिवसका अवसरमा विश्वभर विभिन्न कार्यक्रम हुँदैछन् ।

 नेल्शन मण्डेलाको जन्मदिनलाई नेल्शन मण्डेला अन्तर्राष्ट्रिय दिवसका रुपमा पनि मनाउने गरिएको छ । प्रिटोरियाको अस्पतालमा उपचार गराइरहेका मण्डेलाको जन्मदिनको अवसरमा उहाँको सम्मानमा दक्षिण अफ्रिका र विश्वका धेरै ठाउँमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
जुन ८ तारिखमा फोक्सोको संक्रमणका कारण अस्पताल भर्ना गरिएका मण्डेलाको अवस्था गम्भीर तर स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।

 संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले मण्डेलालाई शुभकामना दिंदै मण्डेलाको सार्वजनिक सेवामा ६७ वर्षे योगदानको कदर गर्दै कम्तीमा पनि ६७ मिनेट समुदायको सेवामा खर्च गर्न अपिल गर्नुभएको छ । यो नै मानवताको उच्चतम मूल्यका प्रतीक, असाधारण व्यक्तित्वप्रति सच्चा श्रद्धा हुने बानको भनाइ छ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति तथा रंगभेद विरोधी नेताको देशका लागि ६७ वर्षको योगदानलाई स्मरण गर्दै दक्षिण अफ्रिकी स्वयंसेवकहरुले विद्यालय र अनाथालयहरुको मर्मत, अस्पतालको सरसफाई, गरिबलाई खाना वितरण जस्ता काममा ६७ मिनेट खर्च गर्ने तयारी गरेका छन् ।

- एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>