एक व्यापारीको घाँटीरेटी हत्या

सिरहा जिल्लाको मिर्चैया बजार स्थित कपडा व्यवसाय गर्दै आएका  व्यापारी गरु साहको बुधबार राती घाँटी रेटी हत्या भएको छ ।   हतियारधारी समूहले साहको घरमै प्रवेश गरि हत्या गरेका हुन्। राती बत्ती नभएको मौका छोपी हतियारधारी उनको घरमा प्रवेश गरेका थिए। बत्ती नभएकोले गर्मी छल्न परिवारका अन्य सदस्य छतमाथि सुतेका थिए मृतक साह मात्र घरभित्र सुतेको परिवारका सदस्यले बताए। 'चिच्याएको आवाज आएपछि छतबाछ तल ओर्लँदा आठ दश जना हतियारधारी घरबाट बाहिर निस्किरहेका थिए,' साह परिवारले भने।

 प्रहरीलाई हत्याका खबर सवा १२ बजे पुगेको थियो। ईलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर पदम थपलियाले भने, 'घटनास्थल पुग्दा शव बाहेक केही पाइएन।' फरार अभियुत्कहरुको खोजी भइरहेको उनले aताए। मृतक साहको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहा लगिएको छ।

 साहको मिर्चैया-१ स्थित मुख्य बजारमा कपडा पसल छ।  सहकर्मीको हत्या विरोधमा आज व्यापारीहरुले मिर्चैया बजार बन्द गरेका छन्।

प्रहरीले  हत्यामा संलग्न कसैलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।


  

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>