"के को गोलमेच ? त्यो त गोलमाल हो"

सद्भावना अध्यक्ष राजेन्द्र महतोले यथास्थितीमा चुनाव हुन नसक्ने बताएका छन् । उनले नागरिकता, मतदाता नामावली, भूमीगत पार्टीका नेताको उम्मेदवार अधिकारका सम्बन्धमा तोकिएको शर्त पुरा गरेर मात्र चुनाव हुन सक्ने बताए । इटहरीमा नगर पार्टी कार्यालय उद्घाटन गर्दै उनले साउनभित्रै आफ्ना मागहरुमा सहमती हुने विश्वास समेत व्यक्त गरे ।
उनले हरहालतमा चुनाव भने तोकिएकै मितिमा गर्नुपर्ने समेत जिकिर गरे । उनले माओवादीले राखेको गोलमेच सम्मेलनको प्रस्ताव गोलमाल सम्मेलन भएको भन्दै चुनाव अल्मल्याउने काम नगर्न समेत माग गरे । ‘त्यो गोलमाल सम्मेलन हो,’ उनले भने, ‘गोलमाल सम्मेलन गर्दैमा चुनाव हुन्छ भने गरौं, नभए अल्मलिने काम नगरौं ।’
महतोले असन्तुष्ट दलहरुसँग सरकारले वार्ता गरी समस्याको समाधान गर्नुपर्ने तर चुनाव विथोल्ने गरी वार्ता भने गर्न नहुने बताए । उनले कुनैपनि दललाई चुनावमा सहभागि नहुने वा नउठ्ने अधिकार भएपनि भाँड्न भने नपाउने बताए ।
सुनसरी, साउन ४


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>