पूर्वमा भल बाढी ले क्षति पुर्याउने क्रम बढ्दो

पूर्वका विभिन्न स्थानमा भल बाढी ले क्षति पुर्याउने क्रम बढेको छ । विराटनगरसहित मोरङका विभिन्न गाउँमा गरी दर्जनौं बस्ती जलमग्न बनेका छन् । स्थानीय खोलाको बाढी पसेर बस्तीहरू डुबानमा परेका हुन । हालसम्म करिब दुई दर्जन घर भत्किएको जानकारी आएको प्रहरीले जनाएको छ ।

बाढी का कारण मोरङका बेलबारी, उर्लाबारी, गोविन्दपुर, इटहरा, मोतीपुरलगायत क्षेत्रमा घर जोखिममा परेपछि स्थानीय बासिन्दा सुरक्षित स्थान खोज्दै हिँड्न थालेका छन् । उता, सुनसरीको महेन्द्रनगर ५ को जलाल गाउँ आसपास क्षेत्रमा कोसीको पानीले जमिन तीव्र कटान भइरहेको छ । कटान नियन्त्रण नभए नजिकको बस्ती जोखिममा पर्ने अवस्था रहेको स्थानीयले बताए ।

उता, झापाका विभिन्न ठाउँका करिब ३ सय बढी परिवारका १ हजार १ सय ६४ जना विस्थापित भएका छन् । प्रहरीका अनुसार पाँचगाछीमा ३ सय ५०, राजगढका ३ सय ६१, भद्रपुर २ सय ११, महाभारा ४ मा ९०, टाघनडुब्बामा ५३, शरणामती ५१, गौरीगन्जमा ३७ र सतासीधाममा ३८ जना विस्थापित भएका छन् । जिल्लाभरका ८ सय बढी घर डुबानमा परेका छन् । विस्थापितहरू नजिकैको विद्यालय, गाविस भवन र छिमेकीमा आश्रय लिएर बसेको झापाका प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले जनाए । उनका अनुसार बुधबार विस्थापित क्षेत्रका बासिन्दालाई जिल्ला प्रशासन, दैवी प्रकोप उद्धार समिति र रेडक्रसले दाल, चामल, नुन, तेललगायतका खाद्यान्न वितरण गरेको छ ।   

वर्षासँगै रतुवा, मावा, कमल, कन्काई, बिरिङ, मेचीलगायतका नदीमा पानीको बहाव बढ्दा १२ दशमलव ५ बिघा जमिन कटान गरेको छ । प्रहरीका अनुसार टाघनडुब्बा, कुमरखोद, पथरिया र घेराबारीका ५ काठे पुल बगाएको छ  ।
यता, पहिरोले धनकुटामा पाँच वटा घर भत्किएको छ । पहिरोले धनकुटा नगरपालिकामा तीन घर भत्केको छ । आँखीसल्ला गाविसमा दुई घर बगाएको छ । यस्तै आँखीसल्लास्थित स्वास्थ्यचौकी र ठाकुरदेवी उच्च माविको पर्खालसमेत पहिरोले बगाएको छ । सदरमुकाम धनकुटा नगरपालिकामा मात्र तीन घर भत्किँदा साढे १७ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सूर्यप्रसाद उपाध्यायले जानकारी दिए ।
पहिरो झरेर भेडेटार(राजारानी ६ नम्बर बुधबारे सडक खण्ड बुधबार बिहानबाट अवरुद्ध भएको छ । यता कोसी राजमार्गमा पहिरोका कारण रूख ढल्दा बुधबार बिहान चार घन्टा सो सडक अवरुद्ध भयो । कोसी राजमार्गअन्तर्गत बेलहारा ७ रुद्रबारीमा बीच सडकमै रूख ढल्दा बिहान सडक अवरुद्ध भएको सडक प्रहरी टोलीले रूख हटाएर सुचारु गराएको छ ।

त्यसैगरी, सप्तरीका विभिन्न खोलामा आएको बाढी ले सप्तरीको चार वटा गाविसमा पाँच दर्जन बढी घर डुबानमा परेको छ । खाँडो खोलामा आएको बाढी ले सप्तरीको तिलाठी, बेल्ही तथा सुन्दरी खोलामा आएको बाढी ले बरमझिया र पोर्ताहा गाविसका घरहरू डुबानमा परेका हुन् ।
नेपाल(भारतको सीमावर्ती क्षेत्र सप्तरीको तिलाठी र भारत बिहार सुपौलको कुनौली पञ्चायतबाट बग्ने खाँडो खोलाको मुहान तीन वर्षदेखि बन्द भएपछि त्यसलाई खोलाउन थालिएको काम सफल नभएपछि अहिले तिलाठी र बेल्हीमा बाढी पसेको हो ।
 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>